birat ribon

लोकतन्त्रमाथि खतरा पुग्ने काम कोहीबाट हुनुहुँदैन : प्रधानमन्त्री ओली

Neuro
लोकतन्त्रमाथि खतरा पुग्ने काम कोहीबाट हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीगत हिसाबले विभिन्न सङ्घर्षमार्फत नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चरणमा आइपुगेको बताएका छन् ।

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई अझ जिवन्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

cura insider

प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेबेला भएको पनि प्रष्ट पार्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछ, मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ ।’ लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीँ कतैबाट हुन नहुने उनले बताए ।

ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधिभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि जुट्न सबैमा आव्हान गरे । सरकारले विभिन्न क्षेत्रमा देखिनेगरी सफलता हासिल गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै थप उपलब्धिका लागि सबै लाग्न आवश्यक रहेको बताए ।

jackson ribon