birat ribon

मेस्सीलाई सिटीको चार सय ३० मिलियनको अफर

Neuro
मेस्सीलाई सिटीको चार सय ३० मिलियनको अफर

विराटनगर / इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई चार सय ३० मिलियन युरोको अफर गरेको जनाइएको छ ।

Padelux insider
cura insider

इङ्ग्ल्याण्डको मिडिया ‘द सन’का अनुसार गत अगस्टमा बार्सिलोनाका पूर्व–प्रशिक्षक ग्वार्डीओला नेतृत्त्वको सिटीले मेस्सीलाई पाँच वर्षका लागि छ सय मिलियन युरो दिनेगरी अफर गरेको थियो । अब भने ३३ वर्षीय मेस्सीलाई यसै आगामी सिजन इतिहाड ल्याउनका लागि चार सय ३० मिलियन युरोपको प्रस्ताव गरेको हो ।

‘द सन’को रिपोर्टअनुसार प्रिमियर लिग क्लब सिटीले कोरोना महामारीका कारण क्लबमा परेको आर्थिक प्रभावका कारण रकम घटाएको हो ।

सिटी सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्नेमा विश्वस्त छ । अझ च्याम्पियन्स लिगअन्तर्गत पिएसजीसँगको लज्जास्पद हारका कारण मेस्सीले क्याप नोउ छोड्ने मनसाय बनाइसकेको सिटीको ठहर छ ।

बार्सिलोनामा सर्वाधिक धेरै कमाउने खेलाडी मेस्सी सिटीको प्रस्तावबाट खुसी हुने सम्भावना छैन । किनकि, मेस्सीले बार्सिलोना पाँच लाख युरो र वर्षमा २६ मिलियन युरो कमाउँछन् ।

मेस्सीमाथि फ्रेन्च क्लब पिएसजीको पनि इच्छा रहेको बताइन्छ । अघिल्लो सिजनको च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँगको ८–१ गोलान्तरको लज्जास्पद हारका कारण मेस्सी बार्सिलोना छोड्ने मनसायमा रहेको बताइन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: