birat ribon

बलात्कारपछि हत्या गरिएको १७ औँ दिनमा भागरथीको अन्त्येष्टि गरिँदै

Neuro
बलात्कारपछि हत्या गरिएको १७ औँ दिनमा भागरथीको अन्त्येष्टि गरिँदै

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या भएको १७ औँ दिनमा आज (शुक्रबार) अन्त्येष्टि गरिँदै छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । भट्टको शवको आज दाहसंस्कार गर्न लागिएको हो । दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग राख्दै आफन्त र परिवारका सदस्यले भागरथीको शव बुझ्न अस्वीकार गरिरहेका थिए ।

cura insider

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

विद्यालयबाट घर जान हिडेँकी भागरथी गत माघ २१ गते साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् । रासस

jackson ribon