birat ribon

ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड नाघ्यो

Neuro
ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड नाघ्यो

विराटनगर / पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरस फैलिइरहेको ब्राजिलमा सङ्क्रमित सङ्ख्या आज (शुक्रबार) बिहानसम्ममा एक करोड नाघेको छ ।

ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वको तेस्रो नम्बरमा रहेको मुलुक हो । तर कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकापछि ब्राजिलमा सङ्क्रमण दर उच्च छ । दोस्रो नम्बरमा रहेको भारतमा सङ्क्रमण दर निक्कै कम हुँदै गइरहेको छ । पछिल्लो समय ५१ हजार तीन सय ५० जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ३० हजार छ सय २६ पुग्यो ।

cura insider

एकै दिन एक हजार चार सय ३२ सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्ख्या दुई लाख ४३ हजार छ सय १० पुगेको छ । सङ्क्रमितमध्ये ८९ लाख ९५ हजार दुई सय ४६ जना उपचारपछि निको भएका छन् । सात लाख ९१ हजार सात सय ७० जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये ब्राजिलमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा एकै दिन नयाँ ६० हजार चार सय ५५ जना सङ्क्रमित भेटिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८५ लाख १४ हजार दुई सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जनाको ज्यान गयो । हालसम्म अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख चार हजार सात सय ९५ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८६ लाख ८६ हजार सात सय ६७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ९३ लाख २२ हजार सात सय १५ सङ्क्रमितको अमेरिकामा उपचार भइरहेको छ । उपचाररतमध्ये १८ हजार दुई सय आठ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा पछिल्लो समय सङ्क्रमण दर कम हुँदै गइरहेको छ । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि न्यून छ । पछिल्लो २४ घण्टामा १२ हजार पाँच सय ४० नयाँ बिरामी थपिएपछि भारतमा सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ६२ हजार ८६ पुगेको छ ।

एकै दिन ८३ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या भारतमा एक लाख ५६ हजार एक सय २१ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड छ लाख ६४ हजार नौ सय ७१ जना उपचारपछि निको भएका छन् । एक लाख ४० हजार नौ सय ९४ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन तीन लाख ७४ हजार तीन सय ४५ नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ११ करोड सात लाख ९८ हजार सात सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र १० हजार सात सय दुई सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या विश्वमा २४ लाख ५० हजार छ सय १३ पुगेको छ ।

सङ्क्रमितमध्ये आठ करोड ५७ लाख ३७ हजार नौ सय ३६ जनाको उपचार सफल भएको छ । सफल उपचार भएकाहरु कोरोनमुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । दुई करोड २६ लाख १० हजार एक सय ९३ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये ९५ हजार छ सय सात जनाको अवस्था गम्भीर छ ।

jackson ribon