birat ribon

प्रजातन्त्र कुनै दलविशेषका नेताहरूको मात्रै होइन : पूर्वराजा ज्ञानेन्द्र

Neuro
प्रजातन्त्र कुनै दलविशेषका नेताहरूको मात्रै होइन : पूर्वराजा ज्ञानेन्द्र

विराटनगर / पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन–प्रतिदिन जटिलतातिर फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बेला सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र कुनै दलविशेषका नेताहरूको मात्र नभएर यसको अनुभूति सबै नागरिकले समान रूपमा गर्न पाउनुपर्ने बताएका छन् । विभेदको राजनीतिले यस्तो अवस्था निम्तिएको विश्लेषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक जीवनपद्धति र सबैको सन्तुलित खुसीमा नै प्रजातन्त्रको प्राण अटूट रहने जनाएका छन् ।

cura insider

शुभकामना सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र आएको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा मुलुक अल्झिरहेकोमा दुःख व्यक्त गरेका छन् ।

jackson ribon