birat ribon

मकुना बचाउन विशेष कार्ययोजना विभागमा प्रस्तावित

जङ्गली हात्तीले एक पाइला सारे वारि, अर्को पाइला सारे पारि

Neuro
मकुना बचाउन विशेष कार्ययोजना विभागमा प्रस्तावितजङ्गली हात्तीले एक पाइला सारे वारि, अर्को पाइला सारे पारि

नवीन गड्तौला

सुनसरी / कोसीटप्पु वन्यजन्तु आरक्षले मकुनासहित जङ्गली हात्तीबाट मध्यवर्ती क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न आहारा विकाससम्बन्धी विशेष कार्यक्रम प्रस्ताव गरेको छ । मकुना हात्ती व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट विशेष कार्यादेशसहित खटाइएका संरक्षण अधिकृत (वार्डेन) अशोक रामले विभागको योजना तर्जुमा गोष्ठीमा त्यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

cura insider

आगामी वर्षको योजना निर्माण गर्न विभागमा आयोजित भेलामा संरक्षण अधिकृत रामले आरक्ष क्षेत्रको खाली ठाउँ तथा स्पोर क्षेत्रमा हात्तीको आहारा हुने उखु, केरा, बाँसलगायत बोटबिरुवा खेती गर्ने विशेष कार्यक्रम प्रस्तुत गरेका छन् ।

एउटा वयस्क हात्तीलाई प्रत्येक दिन दुई सय ४० किलो खानेकुरा र उत्तिकै मात्रामा पानी चाहिन्छ । पानी त कोसीटप्पुमा जति पनि छ तर मानवीय तथा घरेलु पशुको अतिक्रमणका कारण खानेकुराको अभाव छ ।

मकुनालगायत जङ्गली हात्तीले एक पाइला सारे वारि (सुनसरी) र अर्को पाइला सारे पारि (सप्तरी) हुने हुँदा मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा कोसीटप्पु आरक्षले विशेष चुनौती व्यहोर्नुपरिरहेको छ ।

मुख्य रूपमा आहारा कमीका कारण मकुनालगायत जङ्गली हात्तीबाट आरक्षबाहिरको बालीनाली, घरगोठसहित मानवीय क्षति हुने गरेको उल्लेख गर्दै आरक्ष प्रशासनका तर्फबाट आहारा प्रजातिका बोटबिरुवा वृक्षरोपणसम्बन्धी विशेष कार्यक्रम प्रस्ताव गरिएको संरक्षण अधिकृत रामले बताए ।

‘हामीले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न आहारा व्यवस्थापन, घेराबेरासहित तीन करोड रुपैयाँ बराबरका विभिन्न कार्यक्रम प्रस्ताव गरेका छौँ,’ संरक्षण अधिकृत रामले भने, ‘आगामी वर्ष मकुनालगायत जङ्गली हात्ती व्यवस्थापनमा केही उदाहरणीय काम हामी गर्न चाहन्छौँ ।’

यसबाहेक जङ्गली हात्ती व्यवस्थापनका लागि आरक्षक्षेत्र विस्तारसम्बन्धी विशेष कार्ययोजना पनि विभागमा विचाराधीन रहेको छ ।

समूहमा रहने प्राणी हात्तीको बासस्थान तथा चरिचरण क्षेत्र (होम–रेन्ज) कम्तीमा चार सयदेखि १० हजार वर्ग किलोमिटरसम्म हुने गर्छ । हाल कोसीटप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल एक सय ७५ वर्गकिलोमिटर मात्र हुँदा यहाँ एउटा हात्ती बस्नसमेत साँघुरो छ । हाल कोसीटप्पुमा १९ वटा पाहुना जङ्गली हात्ती रैथाने रूपमा बसिरहेका छन् ।

‘मकुनालगायत जङ्गली हात्तीले एक पाइला सारे वारि (सुनसरी) र अर्को पाइला सारे पारि (सप्तरी) हुने हुँदा मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा कोसीटप्पु आरक्षले विशेष चुनौती व्यहोर्नुपरिरहेको छ,’ संरक्षण अधिकृत रामल भने, ‘वास्तवमा हामीले कोसीटप्पु आरक्षमा जङ्गली हात्ती राख्ने हो भने विशेष कार्ययोजना लागू गर्नैपर्छ । त्यसअन्तर्गत हामीले आरक्षक्षेत्र विस्तार गरी पटनाली जङ्गलसँग जोड्ने प्रस्ताव अघि सारेका छौँ ।’

कोसीटप्पुमा मकुना, दाह्रेलगायत जङ्गली हात्ती । तस्बिर – चक्र तिम्सिना

jackson ribon