birat ribon

आज ९६ जनामा कोरोना, थप तीनको मृत्यु

Neuro
आज ९६ जनामा कोरोना, थप तीनको मृत्यु

विराटनगर / देशभर बिहीबार थप ९६ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार एक सय ३६ पुगेको छ ।

cura insider

यस्तै आज एक सय ११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको छ ।

हाल एक हजार छ सय तीन जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५८ रहेको छ ।

jackson ribon