birat ribon

छलफलमा विभाजित नेकपाको दुई समूह, ओली समूहको प्रस्ताव प्रचण्ड–माधव समूहद्वारा अस्वीकार

Neuro
छलफलमा विभाजित नेकपाको दुई समूह, ओली समूहको प्रस्ताव प्रचण्ड–माधव समूहद्वारा अस्वीकार

विराटनगर / नेकपा विभाजनपछि प्रदेश १ मा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन ओली समूहले प्रचण्ड–माधव समूहलाई आग्रह गरेको छ । तर प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव फेस गर्न आग्रह गरेको छ ।

बिहीबार ओली समूह र प्रचण्ड–माधव समूह छलफलमा बसेको थियो । तर छलफल निष्कर्षविहीन अवस्थामा टुङ्गिएको छ ।

cura insider

छलफलमा ओली समूहले पार्टी विभाजनको आधिकारिताका लागि निर्वाचन आयोगको निर्णय र नेपाली काङ्ग्रेसको निर्णय पर्खन आग्रह गरेको थियो । ओली समूहको प्रस्तावलाई अस्वीकार गर्दै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउनुपर्ने बताएको थियो । सहमति नभएपछि ओली समूहले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिएको छ ।

नेकपा विभाजनले आधिकारिता पाएको छैन । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रस्ताव दर्ता हुँदा आरामले फेस गर्ने बताएका मुख्यमन्त्री राई पछिल्लो समय संसद् अवरुद्ध गरेर अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका छन् । प्रस्ताव फिर्ता नभए फागुन ९ गतेका लागि बोलाइएको सातौँ हिउँदे अधिवेशनको तेस्रो बैठक पनि अवरुद्ध गर्ने ओली समूहको तयारी छ ।

बिहीबार भएको छलफलमा ओली समूहको तर्फबाट आन्तरिक मालिला तथा कानुन मन्त्री हिक्मत कार्की र सांसद विमल सहभागी थिए । प्रचण्ड–नेपाल पक्षबाट ईन्द्र आङ्बो, जीवन घिमिरे र लक्षण तिवारी सहभागी थिए ।

‘उहाँहरुले अविश्वासको प्रस्ताव फिर्ता लिए कारवाही फुकुवा गर्छाैँ भन्नु भयो,’ आङ्बोले भने, ‘हामीले प्रस्ताव फेस गर्नुहोस् भनेका छौँ ।’ छलफलका क्रममा प्रचण्ड–माधव पक्षका नेताहरुले प्रदेशसभा भङ्ग हुनसक्ने मुख्यमन्त्री राईको अभिव्यक्तिबारे समेत प्रश्न उठाएका थिए । ओली पक्षका नेताले प्रतिकुल अवस्था आए भङ्ग गर्नसक्ने बताएका थिए ।

jackson ribon