birat ribon

युभेन्टसको हारमा रोनाल्डोको ‘दोष’

Neuro
युभेन्टसको हारमा रोनाल्डोको ‘दोष’

विराटनगर / आन्द्रे पिर्लो नेतृत्त्वको युभेन्टस बुधबार राति च्याम्पियन्स लिगमा सङ्घर्षरत देखियो । इटालीको च्याम्पियन क्लब युभेन्टस अन्तिम १६ अन्तर्गत पोर्चुगिज क्लब पोर्टोसँगको पहिलो लेगको खेलमा सङ्घर्षरत थियो ।

Padelux insider
cura insider

पोर्टोले आफ्नो मैदानमा स्टार खेलाडीले भरिपूर्ण युभेन्टसलाई २–१ गोलले हरायो । पोर्चुगलको डी ड्रागाओ स्टेडियममा पोर्टोलाई जिताउन मेहदी टारेमी र मौसा मरेगाले समान एक–एक गोल गरे । युभेन्टसका फेडेरिको चिसाले एक गोल फर्काए ।

खेल सकिन आठ मिनेट बाँकी छदाँ चिसाले गोल गर्द युभेन्टसलाई केही आशा दिलाएका थिए । र, त्यो आठ मिनेटमा बराबरीमा फर्किनका लागि युभेन्टस सङ्घर्षरत थियो । तर गोल हुन नसक्दा ऊ पहिलो लेगका पछि पर्‍यो ।

यस हारपछि इटालियन मिडियाले युभेन्टसको प्रदर्शन फित्तलो भएको भन्दै आलोचना गरेका छन् । विशेषगरी मिडियाले क्रिस्टियनाो रोनाल्डोको प्रदर्शनबाट असन्तुष्टि जनाएका छन् । च्याम्पियन्स लिग सर्वाधिक सफल रोनाल्डोले युभेन्टसको उद्धार गर्न नसकेको अधिकांश मिडियाको आरोप छ ।

Image result for Juve slammed for 'awful' performance by the Italian media as Ronaldo & Co flop

इटालीका मिडियाले युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट हुनसक्ने र घरेलु लिगमा पनि असफल हुने सम्भावना रहेको भन्दै आलोचना गरेका हुन् । सिरी ‘ए’मा साविक विजेता युभेन्टस ४२ अङ्कका साथ चौथो स्थानमा छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा आठ अङ्कले पछि परेको छ ।

इटालीको ‘टुट्टोस्पोर्ट्स’ नामक मिडियाले पोर्चुगलमा युभेन्टसको प्रदर्शन फित्तलो रहेको जनाएको छ । अरूले डिफेन्स लाइन कमजोर भएको जनाउँदै अब क्वार्टरफाइनलमा स्थान बनाउन युभेन्टसलाई गाह्रो हुने बताएका छन् । त्यसमध्ये कतिले पोर्टो बलियो टोली भएको जनाएका छन् ।

पोर्चुगिज जायन्ट पोर्टो सन् २००४ देखि प्रख्यात छ । जब उसले फाइनलमा मोनाकोलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: