birat ribon

परियोजना र कन्ट्रक्सनबीचको विवादका कारण बरगाछीको सडक अलपत्र

शेर्पाले भने : एक हप्तामा खाल्डा पुर्छौँ

Neuro
परियोजना र कन्ट्रक्सनबीचको विवादका कारण बरगाछीको सडक अलपत्रशेर्पाले भने : एक हप्तामा खाल्डा पुर्छौँ

मोहन ढकाल

विराटनगर / विराटनगर बरगाछीमा लामो समयदेखि सडक निर्माण कार्य अलपत्र छाडिएको छ । अलपत्र सडकका कारण बरगाछीमा दुर्घटना बढ्नुका साथै सवारी आवागमनमा समेत समस्या हुने गरेको छ । लामो समयदेखि निर्माणमा चासो नदेखाउँदा बरगाछीको बीच सडकमा खाल्डैखाल्डा छन् ।

cura insider

६ लेन सडक परियोजना र ठेकेदार कम्पनीबीचको तालमेल नमिल्दा उक्त सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । परियोजनाले ठेकेदार कम्पनीलाई र ठेकेदार कम्पनीले परियोजनालाई दोष देखाएर दुवै पन्छिने गरेका छन् । बरगाछीबीचमा खाल्डाबाहेक पूर्वदक्षिणको केही भाग सडक निर्माण गर्नसमेत बाँकी छ ।

६ लेन सडकअन्तर्गत बरगाछी क्षेत्रदेखि एयरपोर्ट मोडसम्मको सडक निर्माणको जिम्मा कञ्चनजङ्घा कन्ट्रक्सनले पाएको थियो । उक्त सडक निर्माणको जिम्मा पाएको कन्ट्रक्सनले भने तीन वर्षअघि नै काम सकेर फाइनल बिल बुझाइसकेको बताउँदै आएको छ ।

आफ्नो कारणले सडक अलपत्र नभएको कन्ट्रक्सनका प्रमुख टेण्डी शेर्पाले बताएका छन् । उनले भने, ‘हामीले काम सकेर फाइनल बिल बुझाइसकेको अवस्थामा पनि काम ढिलो गरेको भनेर परियोजनाले थप काम जिम्मा दियो, त्यसमा एक सय तीस मिटरमा पुनः काम गरियो, परियोजनाले अझै तपाईहरुले काम गर्नुपर्छ भनेर भनिरहेको छ, तर मर्मतको कामबाहेक बाँकी अन्य काम हामी गर्दैनौँ ।’

उनले कोसी अनलाइनसँग भने, ‘एक हप्ताभित्रमा बरगाछीमा भएको खाल्डा र एयरपोर्ट मोडछेउको पानीको पाइप फुटे ठाउँको सडक मर्मत गर्छौँ, तर अन्य बाँकी काम गर्दैनौँ ।’ तीन वर्ष काम गरेको पैसा नपाएको भन्दै उनले भने, ‘अब मुद्दा लड्ने तयारीमा छौँ, अब तीन महिना हेर्छौँ, तबसम्म पनि केही भएन भने अदालतको प्रक्रियामा जान्छौँ ।’

यता ६ लेन सडक परियोजना भने ठेकेदार कम्पनीलाई दोष देखाएर आफू पन्छिने गरेको छ । उक्त सडकको जिम्मा पाएको कन्ट्रक्सनले आफूले काम सकेको र थप काम गर्न थप पैसा चाहिने बताउँदै आएको ६ लेन परियोजनाका प्रमुख बद्री शर्माले बताए । सम्झौता गरिसकेको काम उसैले गर्नु पर्छ भनेर पत्राचार गरिसकेको बताउँदै शर्माले भने, ‘हामीले बारम्बार दबाब दिइरहेका छौँ ।’

बरगाछीमा निर्माण हुन बाँकी रहेको काम यति नै समयमा सम्पन्न हुन्छ भनेर अहिले भन्न सक्ने अवस्था नरहेको बताउँदै शर्माले भने, ‘हामीले नयाँ ठेक्का लगाउन मिल्दैन, जसले पहिला काम गरेको हो उसैले गर्नु पर्छ ।’

jackson ribon