birat ribon

इबोला नयाँ महामारी, यसको सर्ने तरिका र देखिने लक्षण

Neuro
इबोला नयाँ महामारी, यसको सर्ने तरिका र देखिने लक्षण

विराटनगर / गिनीमा तीन जनाको मृत्यु र आठ जनामा सङ्क्रमण पुष्टि भएपछि इबोलाको नयाँ महामारी घोषणा गरिएको छ ।

Padelux insider
cura insider

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने हुन्छ । सङ्क्रमित पशुको मासु वा सम्पर्कमा आएका कारण मानिस इबोलाबाट सङ्क्रमित हुन्छन् । यो भाइरसबाट सङ्क्रमित भएपछि मानिसमा रोगको लक्षण देखा पर्न दुईदेखि २१ दिनसम्म समय लाग्न सक्छ ।

सङ्क्रमण भइसकेपछि ज्वरो आउने, कमजोरी, मांसपेशी दुख्ने र घाँटी दुखाइजस्ता प्रारम्भिक लक्षण देखिन्छ । त्यसपछि वान्ता हुने, झाडापखाला लाग्ने तथा आन्तरिक र बाहिरी रक्तश्राव पनि हुनसक्छ । पानीको अभाव र शरीरका धेरै अङ्गले काम गर्न असफल हुँदा (मल्टिपल अर्ग्यान फेलियर) बिरामीको मृत्यु हुन्छ ।

इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिको रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा वान्ता) सँग प्रत्यक्ष सम्पर्क भएकामा यो रोग सर्छ । इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थबाट सङ्क्रमित भएका वस्तुहरूबाट समेत यो रोग सर्न सक्छ । इबोलाबाट सङ्क्रमित भएका मात्र नभई रोग लागेर ज्यान गुमाएका व्यक्तिको शव पनि अत्यन्तै सङ्क्रामक हुन्छ ।

इबोलाको सङ्क्रमण भएको सम्पर्कमा आएका, सङ्क्रमण पुष्टि भएका व्यक्तिको उपचारमा संलग्न भएका तथा परम्परागत सामुदायिक अन्तिम संस्कारमा सहभागी भएकामा बारम्बार यो समस्या देखा पर्दै आएको छ । परम्परागत सामुदायिक अन्तिम संस्कारका क्रममा समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, सफा गर्ने र चुम्बन गर्ने गर्छन् ।

उक्त रोगको उपचार हालसम्म पत्ता लागिसकेको छैन । यो रोगको उपचारका लागि दुई वटा औषधिको प्रयोग गर्ने अनुमति दिइएको छ । तर, इबोलाविरुद्धको खोपले सङ्क्रमणलाई रोक्न सफल भएको थियो । सन् २०१६ सम्म इबोलाका कारण २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: