birat ribon

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

Neuro
इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौँ / पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ ।

Padelux insider
cura insider

विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, महँगी बढाउन पाइँदैन, जनतामाथि ऋणको भार : यही हो तिम्रो समाजवाद ? लगायत नारा लगाएका थिए । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडि विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले बालेको टायर प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो । आन्दोलनरत विद्यार्थीहरुले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाइ इनधन ६७ रुपैयाँ कायम भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: