birat ribon

विराटनगरमा जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली

Neuro
विराटनगरमा जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली

मोरङ / विपद् जोखिम न्यूनीकरण गर्नका लागि विराटनगर महानगरपालिकाले राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) सञ्चालनमा ल्याएको छ ।

पोर्टल बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । विपद्का घटना, दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिने भएका कारण जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

cura insider

पोर्टलमा गत छ महिनाभित्रमा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीको सल्लाह र सुझाव समावेश गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमार्फत आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षय लगायत ४९ प्रकारका विपद्का घटना कहिले ? कुन ठाउँमा भयो ? भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

पोर्टलको शुभारम्भ कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि महानगर लागिपरेको बताए । नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको जानकारी उनले दिए । उनले जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषयमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवरुपमा शुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले बताए । पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले पोर्टलको प्रभावकारिता र यसले गर्ने कार्यका सम्बन्धमा जानकारी गराएका छन् । रासस

jackson ribon