birat ribon

अमेरिकामा मृत्यु हुने सङ्क्रमित सङ्ख्या पाँच लाख नाघ्यो

Neuro
अमेरिकामा मृत्यु हुने सङ्क्रमित सङ्ख्या पाँच लाख नाघ्यो

विराटनगर / अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

अमेरिका कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । पछिल्लो २४ घण्टामा दुई हजार ५७ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ५५ पुगेको छ । एकै दिन ६६ हजार ९५ जना नयाँ बिरामी थपिए ।

cura insider

हालसम्म सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई करोड ८४ लाख ४७ हजार छ सय १४ रहेको छ । सङ्क्रमितमध्ये एक करोड ८५ लाख ८६ हजार पाँच सय ६३ जना उपचारपछि निको भएका छन् । अमेरिकामा ९३ लाख ५८ हजार नौ सय ९६ जना सङ्क्रमित उपचाररत रहेकोमा १८ हजार छ सय आठ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा एकै दिन ८९ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५६ हजार ३८ पुगेको छ । नयाँ १२ हजार चार सय ४० बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ४९ हजार पाँच सय ४६ पुगेको छ ।

एक करोड छ लाख ५४ हजार सात सय छ जना उपचारपछि निको भएका छन् । एक लाख ३८ हजार आठ सय दुई जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार एक सय ९५ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख ४२ हजार एक सय ७८ पुगेको छ । एकै दिन ५७ हजार दुई सय ९५ जना नयाँ सङ्क्रमित भेटिए । कोरोनाका कारण प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलमा सङ्क्रमित सङ्ख्या ९९ लाख ७९ हजार दुई सय ७६ पुगेको छ ।

सङ्क्रमितमध्ये ८९ लाख ५० हजार चार सय ५० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । सात लाख ८६ हजार छ सय ४८ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा पछिल्लो २४ घण्टामा १० हजार पाँच सय ४४ जनाको ज्यान गयो । हालम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २४ लाख ३९ हजार नौ पुगेको छ । एकै दिन तीन लाख ७३ हजार छ सय ४९ नयाँ बिरामी थपिए । विश्वमा सङ्क्रमित सङ्ख्या ११ करोड तीन लाख ९९ हजार छ सय ८६ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये आठ करोड ५२ लाख ९८ हजार पाँच सय ८० जनाको उपचार सफल भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । विश्वमा हालसम्म दुई करोड २६ लाख ६२ हजार ९७ जनाको उपचार जारी छ । उपचार गराइरहेकामध्ये ९६ हजार चार सय २४ जनाको अवस्था गम्भीर छ ।

jackson ribon