birat ribon

सिद्धबाबा प्रकरण : दुई महिनापछि पूर्णपाठ, कहिले हुन्छ मुद्दाको पुनरावेदन

Neuro
सिद्धबाबा प्रकरण : दुई महिनापछि पूर्णपाठ, कहिले हुन्छ मुद्दाको पुनरावेदन

विराटनगर / आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने तयारी भएको छ ।

फैसलाको दुई महिनापछि गत बिहीबार फैसलाको पूर्णपाठ आएपछि सरकारी वकिलको कार्यालय सुनसरीले मुद्दाको पुनरावेदनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेको हो ।

cura insider

पुनरावेदन गर्ने समयको टुङ्गो नभएको जिल्ला न्यायाधिवक्ता नारायण रिमालले बताए । पुनरावेदन गर्ने समयसीमा एक सय दिनको हुने भएकाले विस्तारै पुनरावेदन गर्ने उनले बताए । ‘सम्भवतः मुद्दा पुनरावेदन हुन्छ,’ उनले भने, ‘फैसलाको अध्ययनपछि टुङ्गो लाग्छ ।’ पुनरावेदन गर्ने समय पर्याप्त भएकाले विस्तारै पुनरावेदन गर्न सकिने उनले बताए ।

आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर गर्दै बलात्कार नठहर्ने फैसला अदालतले सुनाएको थियो ।

बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिएको दुई महिनापछि फैसलाको पूर्ण पाठ आएको थियो । सामान्यतया फौजदारी अभियोगका मुद्दामा एक महिनाभित्र फैसला तयार गरिन्छ ।

त्रि–दण्ड धारण गरेकाले आफू स्त्री(नारी)र अग्नि (आगो) लाई नछुने बताउँदै आएका गिरीले अदालतमा पनि स्त्री र अग्निबाट टाढा रहने बयान दिएका थिए । तर महिलासँगको म्यासेज र अडियो संवाादका आधारमा अदालतले सहमतिमा करणी गरेको ठहर गरेको थियो ।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलाले महिला आफैँ गएका कारण सिद्धबाबाले सहमतिमा करणी गरेको उल्लेख छ ।

सिद्धबाबामाथि लागेको जबर्जस्ती करणी मुद्दाको ७५ पेज लामो फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन ।’

गत मंसिर २२ गते जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले पीडक पक्षको एकपक्षीय बहसपछि बलात्कार नठहर्ने फैसला गरेको थियो ।

jackson ribon