birat ribon

बुधबार तीन हजार आठ सय ३८ पिसिआर परीक्षण, एक सय २५ जनामा कोरोना

Neuro
बुधबार तीन हजार आठ सय ३८ पिसिआर परीक्षण, एक सय २५ जनामा कोरोना

विराटनगर / देशभर बुधबार थप एक सय २५ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ३८ पिसिआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जाेगेश्वर गाैमले जनाएका छन् ।

यस्तै आज ९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ९८ प्रतिशत रहेको छ । अहिले एक हजार छ सय २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५५ रहेको छ ।

jackson ribon