birat ribon

सिरहाबाट सौर्य सिमेन्टको उत्पादन सुरु

Neuro
सिरहाबाट सौर्य सिमेन्टको उत्पादन सुरु

सिरहा / करिब १५ अर्बको लगानीमा सिरहाको कर्जन्हा नगरपालिकामा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । उद्योगले अत्याधुनिक प्रविधिको सिमेन्ट उत्पादनको परीक्षण सुरु गरेको हो ।

निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।

cura insider

क्लिङ्कर उत्पादन सुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ ।

सो उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । रासस

jackson ribon