birat ribon

लज्जास्पद हारपछि कोइम्यानले भने– ‘पिएसजीले सत्यताको चिसो पानीले नुहाइदियो’

Neuro
लज्जास्पद हारपछि कोइम्यानले भने– ‘पिएसजीले सत्यताको चिसो पानीले नुहाइदियो’

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग आफ्नै मैदानमा लज्जास्पद हार ब्यहोर्‍यो । मङ्गलबार राति अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना पिएसजीसँग ४–१ गोलले पराजित भएको हो ।

Padelux insider
cura insider

क्याप नोउमा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइसे किनले एक गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल सान्त्वना रह्यो ।

यससँगै पिएसजीले बार्सिलोनासँग सन् २०१७ को हारको बदला लियो । चार वर्षअघि बार्सिलोनाले कमब्याक जित निकाल्दै पिएसजीलाई च्याम्पियन्स लिगबाट आउट गरिदिएको थियो ।

अन्तिम १६ को पहिलो लेगको खेलमा पिएसजीले ४–० गोलको जित निकालेको थियो । तर, दोस्रो लेगमा बार्सिलोनाले ६–१ गोलान्तरको जित र समग्रमा ६–४ को जित निकाल्दै पिएसजीलाई आउट गरिदिएको थियो ।

‘सत्यताको चिसो पानीले नुहाएको अनुभव भयो’, खेलपछि बोल्दै कोइम्यानले भने, ‘पिएसजीसँगको खेलबाट उत्कृष्ट टिम हुनका लागि हामीमा धेरै कुराहरूको अभाव रहेको देखियो, विशेषगरी च्याम्पियन्स लिगमा खेल्न । गोलसङ्ख्याले नै देखाउँछ कि उनीहरू हामीभन्दा धेरै प्रभावकारी छन् ।’

‘पहिलो हाफ ठीकठाक रहे पनि दोस्रो हाफमा डिफेन्स लाइनमा हामीसँग समस्या देखियो’, उनले थपे, ‘उनीहरूले पिएसजी शारीरिक रूपमा कति बलियो छ भन्ने सावित पनि गरिदिए ।’

अब दोस्रो लेगको खेल पिएसजीको मैदानमा ११ मार्चमा हुनेछ । अब बार्सिलोनालाई क्वार्टरफाइनलमा स्थान बनाउनका लागि कठिन देखिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: