birat ribon

अभिव्यक्ति स्वतन्त्रतामा अरिङ्गालको मात

Neuro
अभिव्यक्ति स्वतन्त्रतामा अरिङ्गालको मात

कन्टिर–बाबू आज अन्यमनस्क भावमा छन् । सामान्यतया उनी निराश हुने व्यक्ति होइनन् तर कहिलेकाहीँ कुनै–कुनै घटनाले उनलाई निकै व्यथित बनाउँछ ।

अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती कन्टिर–बाबूलाई बैतडीमा घटित पछिल्लो राजनीतिक घटनाले व्यथित बनाएको छ । व्यथितमात्र होइन, उत्तेजित पनि बनाएको छ । अरे, सरकारी दलका कार्यकर्ता हो, यो देश तिम्रा बाजेको बिर्ता हो ? तिमी अरिङ्गालहरूलाई कोही व्यक्ति र तिनको विचार मन नपर्दैमा चिलिहाल्नुपर्ने ? बडा गजब छ !

cura insider

कति अत्तालिएका तिमीहरू ? कुन ठीक, कुन बेठीक केही पनि छुट्याउन नसक्ने भयौ है ? तैट् तोरी । तिम्रा बडाबा लोकतन्त्रको कुरा गरेर थाक्दैनन्, तिमीहरू भने लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाउँदै हिँड्छौँ । हुन त तिमीहरूको पनि के दोष ? भित्री रूपमा तिमीहरूलाई सिकाइएकै यही हो । कि कसो ?

सुदूरपश्चिम, बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा नेपाली काङ्ग्रेसका आमसभा लक्षित गरी सरकारी दलका कार्यकर्ता समूहद्वारा ढुङ्गा–मुढा प्रहार भएको घटनाको जति निन्दा गरे पनि कम हुने कन्टिर–बाबूको ठहर छ ।

कुनै पनि दल वा व्यक्तिले आफूलाई मन लागेको कुरा सार्वजनिक रूपमा बोल्न–लेख्न, अभिव्यक्त पाउँछ । कसैलाई सुन्न मन छैन नसुने हुन्छ, पढ्न मन छैन नपढे हुन्छ । तर अभिव्यक्ति स्वतन्त्रतामा अवरोध, प्रहार गर्न पाइन्न ।

यही बोल्ने–लेख्ने, सङ्गठन गर्ने स्वतन्त्रता पाइएन भनेर मान्छेले ज्यान अर्पण गरेर लोकतन्त्र ल्याएको हो । यसलाई कुन्ठित पार्ने पञ्चायती, राणाकालीन वा कुनै पनि प्रकारको भिजिलान्ते शैलीको कन्टिर–बाबू मरते दम तक विरोध गर्नेछन् ।

कन्टिर–बाबूको सरकारी भिजिलान्तेहरूलाई प्रश्न छ– भोलि तिमीहरूको पार्टीको सरकार नभएको बेलामा तिमीहरूमाथि यस्तै घटना भयो भने त्यतिबेला कुन दुलोमा लुक्छौ ? सक्छौ विचारलाई विचारले, कुरालाई कुराले प्रतिकार गर, सक्दैनौ चुपचाप साइड लागेर बस ! हतियार र सत्ताको मात र धङघङी आफूसँगै राख ।

कन्टिर–बाबू बैतडीको उक्त आततायी घट्नाप्रति घोर भत्सर्ना गर्छन् । दोषीलाई कानुनी कारबाहीको अपेक्षासहित उनी यतिबेला भुइँमा न भाँडामा भएको कम्युनिस्ट अधिनायकवादी चरित्रको निन्दा गर्छन् ।

jackson ribon