birat ribon

भागरथीका हत्यारा आज सार्वजनिक गरिँदै, घटनामा साथीकै संलग्नता

Neuro
भागरथीका हत्यारा आज सार्वजनिक गरिँदै, घटनामा साथीकै संलग्नता

विराटनगर / बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई प्रहरीले आज (बुधबार) बिहान सार्वजनिक गर्ने भएको छ ।

घटनामा उनकै साथीको संलग्नता रहेको प्रहरीले जनाएको छ । भागरथी र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट नाम गरेका व्यक्ति एउटै विद्यालयमा अध्ययनरत रहेको पाइएको छ । प्रहरी नियन्त्रणमा रहेका भट्टले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी स्रोतले दिएको छ ।

cura insider

भागरथी स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । प्रहरीले बिहान १० बजेतिर भट्टलाई सार्वजनिक गर्ने तयारी थालेको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी अब कहिल्यै घर फर्किने छैनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाए पनि अपराधीको घरसम्म कुकुर पुग्न सकेन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ति शंकास्पद व्यक्तिलाई शानिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले बतायो । घटनामा पक्राउ परेका युवा मात्रै संलग्न छन् कि अरुको पनि संलग्नता छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

jackson ribon