birat ribon

विज्ञापन सूचना तथा सञ्चारको मेरुदण्ड

Neuro
विज्ञापन सूचना तथा सञ्चारको मेरुदण्ड

सुनसरी / आम सञ्चारमाध्यममा प्रयोग हुने विज्ञापन व्यापारसँग मात्र सम्बन्धित छैन, सञ्चारमाध्यमको जीवनसँग पनि सम्बन्धित छ । विज्ञापन सञ्चारमाध्यमको मेरुदण्डसरह हो, जसको सहयोगमा मिडिया हाउस, सम्बद्ध पत्रकार तथा प्राविधिक कर्मचारीको जीवन धानिएको हुन्छ ।

Padelux insider
cura insider

इटहरीमा आयोजित पाथीभरा एड्भरटाइजिङको सातौँ तथा पाथीभरा जब लिङ्कको दोस्रो वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले उक्त कुरा बताएका हुन् । पाथीभरा एड्भरटाइजिङलाई शुभकामना दिने क्रममा सरोकारवालाहरूले सञ्चारमाध्यम तथा पत्रकारलाई आत्मनिर्भर बनाउने विज्ञापन वितरणमा समानुपातिक तथा क्लिन–फिडसम्बन्धी सरकारी नीति कार्यान्वयनको अवस्था फितलो भएको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी विज्ञापन व्यवसायी तथा सञ्चारकर्मीले विज्ञापन बोर्डमा एक जना पनि विज्ञापनकर्मीको प्रतिनिधित्व नहुनुले सरकार विज्ञापन, सरोकारवाला तथा सञ्चारमाध्यमको समस्या समाधानका विषयमा गम्भीर नभएको आरोप पनि लगाएका थिए ।

कार्यक्रम पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य एवम् पाथीभरा एड्भरटाइजिङ तथा जब लिङ्कका सञ्चालक पवन अधिकारीको सभापतित्वमा सम्पन्न भएका थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीसहित नेपाल विज्ञापन सङ्घका महासचिव कृष्ण घिमिरे, नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपाने, सञ्चारकर्मी राजन केडी, उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेललगायतले देशको राजनीति, विज्ञापन, सञ्चारमाध्यम तथा व्यापार–व्यवसायको खस्किँदो अवस्थाबारे बोलेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: