birat ribon

विश्वमा सङ्क्रमित सङ्ख्या ११ करोड नाघ्यो

Neuro
विश्वमा सङ्क्रमित सङ्ख्या ११ करोड नाघ्यो

विराटनगर / विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख २३ हजार दुई सय ६६ जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएकासहित विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड दुई हजार २९ पुगेको हो । हालसम्म कोरोनाका कारण २४ लाख २७ हजार छ सय ९६ जनाको ज्यान गइसकेको छ । एकै दिन नौ हजार एक सय ५९ जनाको मृत्यु भयो ।

cura insider

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये आठ करोड ४८ लाख एक हजार छ सय ६३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । हाल दुई करोड २७ लाख ७२ हजार छ सय ७० जनाको उपचार भइरहेकोमा ९७ हजार चार सय ४३ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या पाँच लाखनजिक पुगेको छ । एकै दिन एक हजार चार सय ७६ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या चार लाख ९९ हजार छ सय ८० पुगेको हो ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५४ हजार नौ सय १६ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८३ लाख ७२ हजार सात सय ३८ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८४ लाख ५६ हजार दुई सय २६ जना उपचारपछि निको भएका छन् । ९४ लाख १६ हजार आठ सय ३२ जनाको उपचार भइरहेकोमा १८ हजार नौ सय १४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन एक सय नौ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या एक लाख ५५ हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा नयाँ ११ हजार सात सय ९५ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ३७ हजार एक सय छ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड छ लाख ४२ हजार नौ सय तीन जना उपचारपछि घर फर्किएका छन् । एक लाख ३८ हजार दुई सय ५४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन एक हजार ४५ सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्ख्या दुई लाख ४० हजार नौ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार दुई सय ७१ जना नयाँ सङ्क्रमित थपिए । ब्राजिलमा हालसम्म सङ्क्रमित सङ्ख्या ९९ लाख २१ हजार नौ सय ८१ पुगेको छ ।

सङ्क्रमितमध्ये ८८ लाख ८३ हजार एक सय ९१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना पराजित गर्दै घर फर्किएका छन् । सात लाख ९७ हजार आठ सय ५० जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon