birat ribon

एक महिनामै तेस्रो पटक बढ्यो इन्धनको मूल्य

Neuro
एक महिनामै तेस्रो पटक बढ्यो इन्धनको मूल्य

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढाएको एक हप्ता नबित्दै निगमले फेरि मूल्य वृद्धि गरेको हो । गत हप्ता माघ २८ गते बुधबार मात्रै एलपी ग्याससहितका पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मङ्गलबार पुनः मूल्य वृद्धि गरेको छ ।

cura insider

माघ ६ गते पनि मूल्य वृद्धि गरेको निगमले फागुन ४ गतेसम्म एक महिना पनि नपुग्दै तेस्रो पटक मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर एक सय १४, डिजेल तथा मट्टीतेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

jackson ribon