birat ribon

बैतडीमा काङ्ग्रेस सभामा ढुङ्गा प्रहार, ओली समूहले आक्रमण गरेको आरोप

Neuro
बैतडीमा काङ्ग्रेस सभामा ढुङ्गा प्रहार, ओली समूहले आक्रमण गरेको आरोप

बैतडी / बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा नेपाली काङ्ग्रेसको सभामा ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार काङ्ग्रेस सभामा ढुङ्गा प्रहार हुँदा केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन् ।

ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका काङ्ग्रेसले जनाएको छ ।

cura insider

ओली समूहका कार्यकर्ताले नेताहरू चढेको गाडीमा समेत तोडफोड गरेका काङ्ग्रेसको आरोप छ ।

यसैबीच काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको निन्दा गरेका छन् । उनले डिलाशैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न पनि माग गरेका छन् ।

Image

jackson ribon