birat ribon

‘अब हामी पनि लेख्छौँ’

Neuro
‘अब हामी पनि लेख्छौँ’

विराटनगर / सरस्वती पूजाको अवसर पारेर स–साना बालबालिकाले अक्षर आरम्भ गरेका छन् । अक्षरारम्भका लागि सरस्वती पूजालाई महत्त्वका साथ हेरिन्छ । मङ्गलबार सामुदायिक तथा निजी विद्यालय र मन्टेस्वरीमा विद्यार्थीहरूले अक्षरारम्भ गरेका हुन् ।

Padelux insider
cura insider

श्रीपञ्चमीको अवसरमा विराटनगरका निजी विद्यालय र मन्टेश्वरीले अक्षरारम्भ कार्यक्रम गरेका छन् । पूर्वाञ्चल सेकेन्डरी बोडिङ स्कूलमा ६२ जना बलबालिकालाई निःशूल्क भर्ना गरी अक्षरारम्भ गराइएको प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

ग्रेडेड सेकेन्डरी बोडिङ स्कूलले ४५ जना विद्यार्थीलाई निःशुल्क भर्ना गरेर अक्षरारम्भ गराइएको प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । मङ्गलबार विराटनगरका अधिकांश विद्यालयले निःशुल्क भर्ना अभियान चलाएका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: