birat ribon

शिक्षक हत्या प्रकरण : न्यायाधीशले नभ्याउँदा मुद्दाले पालो पाएन

Neuro
शिक्षक हत्या प्रकरण : न्यायाधीशले नभ्याउँदा मुद्दाले पालो पाएन

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको मुद्दामा बुधबार मात्रै अदालतमा बहस हुने भएको छ । मङ्गलबार जिल्ला न्यायाधीशहरूले नभ्याएपछि बुधबार बहस हुने भएको हो ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालका अनुसार दर्ता भएको मुद्दामा पहिलोपटक गोलाप्रथामार्फत बेन्च तोकिन्छ । तर न्यायाधीशहरूले नभ्याएका कारण बुधबार मात्रै गोलाप्रथा गर्ने तयारी भएको उनले बताए ।

cura insider

शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सो मुद्दामा संलग्न भएको आरोपमा एक जना मात्रै पक्राउ परेका छन् ।

मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्यापछि विज्ञप्ति जारी गर्दै विप्लव समूहले हत्याको जिम्मेवारी लिएको थियो ।

शिक्षक हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक मात्रै पक्राउ परेका छन् । अपहरणपछि हत्यामा संलग्न भएको आरोप लागेका ४१ जना फरार छन् ।

अभियोगपत्रमा कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, सङ्खुवासभाका मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नवीन राई, धनकुटा पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, सङ्खुवासभा चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम–७ का ४१ वर्षीय भिम भन्ने कुमार राईलाई पनि प्रतिवादी बनाइएको छ ।

खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा ओखलढुङ्गा लिखु–७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भन्ने उमा भुजेल, झापा दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, सङ्खुवासभा चैनपुर–४ मैदानेका २२ वर्षीय नाति भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ मिक्वाखोला–१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बु) विरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै, भोजपुर पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला–५ का २९ वर्षीय सङ्ग्राम भन्ने पूर्णबहादुर लिम्बू, धनकुटाका २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लिम्बु, ताप्लेजुङ फाक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय सङ्गम आङदाम्बे, भोजपुर पौवादुङमा–४ का २४ वर्षीय अनुस्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई पनि प्रतिवादी बनाइएको छ ।

jackson ribon