birat ribon

दान लिनेलाई दाताको भावना र महत्त्व के थाहा !

Neuro
दान लिनेलाई दाताको भावना र महत्त्व के थाहा !
कृष्ण अधिकारी

वर्तमान इटहरी बन्नुमा कुनै राजनीतिक शक्तिको योगदान छैन । सरकारको पनि योगदान छैन । छ भने अलिकति योगदान महेन्द्र राजमार्गको छ । त्यो राजमार्ग पनि इनरुवालाई जस्तो इटहरीलाई कसैको निगाह हैन ।

धर्म, संस्कृति र इतिहासप्रति पनि इटहरी उदार देखिएको छैन । ०४६ को जनआन्दोलनपछि निर्वाचित इटहरी गाविसका अध्यक्षले भनेको एउटा वाक्य मेरो कानमा आज पनि ताजै छ । उनले भनेका थिए– ‘यो टेलिफोन सामन्तहरूलाई चाहिने साधन हो, हामीलाई हैन, तर पनि सबै लागेर मागिरहेका छन् । नेपाल दूरसञ्चार कार्यालय (तत्कालीन नाम यही थियो) लाई आइतबारेमा अलिकति जग्गा दिनैपर्ने भो ।’

cura insider

लग्जम्वर्गबाट एउटा मान्छे आएर एउटा भव्य सांस्कृतिक भवन निर्माण गरिदियो । त्यो लगानीकर्ताको प्राथमिकता थियो, पुस्तकालय । त्यसमा योगदान दिए धरणीधर दाहालले । अरू पनि धेरै छन् योगदान दिने । नगरपालिकाले योगदान गर्नेलाई उपेक्षा त ग¥यो नै, सांस्कृतिक भवनबाट संस्कृति र पुस्तकालय नै विस्तापित गरिदियो ।

अहिले काव्य–वाटिका आँखाको तारो बनेको छ । काव्य सिर्जनासँग सम्बन्धित छ र बाटिका बगैँचा हो । काव्य–वाटिका सिर्जनाको बगैँचा हो । हाम्रा हातहरूले रोपेका बिरुवा वयस्क भएका छन् । कलाकर्मीहरूले कुँदेका सीपहरू, सिर्जनाहरू छन् काव्य–वाटिकामा । इटहरी समाजको साझा आस्था हो काव्य–वाटिका । काव्यबाटिका संस्कृति अवतरण हुने ठाउँ हो । संस्कृतिमा, हिजो हुन्छ, हिजोको जीवन, अनुभव र हिजोको समाज हुन्छ ।

त्यो काव्य–वाटिका उजाड गर्न बन्चरो लिएर निस्केको छ, नगरपालिका । त्यहाँ वडा कार्यालय निर्माण गरेर संस्कृति अवतरण प्रक्रिया रोक्न तम्सिएको छ स्थानीय सरकार ।

इटहरीमा दाताहरूको गौरवपूर्ण इतिहास छ । ००७ सालको क्रान्ति सफल हुनुपूर्व नै गैसारका गच्छदारहरूले जग्गा दान दिएर सरस्वती स्कुल खोलेका थिए । जनता क्याम्पस इटहरीका दाताहरूको दानबाटै स्थापना भएको हो । इटहरी उद्योग वाणिज्य सङ्घको विशाल भवन दानमा प्राप्त जग्गामा बनेको हो । इटहरी उपमहानगरपालिका चौधरीहरूले दान दिएको जग्गामा गर्वसाथ बसिरहेको छ तर दान लिनेलाई दाताको भावना र महन्त्व हुँदैन क्यारे ।

इटहरीको जनघनत्त्व र जमिनको मूल्य बढ्दै जाँदा ऐलानी पर्ती जग्गा मासिँदै गए । केही गाउँ पञ्चायत र गाउँ विकासको अगुवाइमा मासिए । केही सुकुम्बासी आयोग बनाएर मासिए । जग्गा प्लटिङ र पहुँचको भरमा मासिए । एउटा पार्क बनाएर एकछिन सुस्ताउने ठाउँ छैन । केटाकेटीले एकछिन भकुन्डो गुडाउने ठाउँ छैन । ऐलानी, पर्ती सरकारी सबै जग्गाका लालपुर्जा बनिसकेका छन् ।

हिजो भनेको पुर्खाको अनुभव हो । भोलि भनेको हाम्रा सन्तति हुन् । आजको राजनीति र समाजले निर्धारण गर्ने हो सन्ततिको जीवन, उनीहरूको सुख–दुःख । आज मात्र भए पुग्नेहरूले थाहा पाउनुपर्छ, आजको आयु अत्यन्तै थोरै हुन्छ भन्ने कुरा । काव्य–वाटिका हिजो हो, किन भने त्यहाँ संस्कृति अवतरित हुन्छ र काव्य–वाटिका भोलि पनि हो किन भने त्यसमा हाम्रा सन्ततिको जीवन छ ।

राजनीति र व्यापार अपराध हो र ? हैन नि ! त्यसैले राजनीतिले मानवीयता र व्यापारले धर्म छोड्न हुँदैन । र पनि के देखिइरहेको छ भने आजको राजनीति र व्यापारलाई हिजो चाहिँदैन, भोलि पनि चाहिँदैन, केवल आज चाहिन्छ । केवल आजै पद चाहिन्छ, आजै प्रतिष्ठा र पैसा चाहिन्छ । हिजो भनेको पुर्खाको अनुभव हो । त्यसले हाम्रो जीवनलाई सहज बनाउँछ । भोलि भनेको हाम्रा सन्तति हुन् । आजको राजनीति र समाजले निर्धारण गर्ने हो सन्ततिको जीवन उनीहरूको सुख–दुःख ।

आज मात्र भए पुग्नेहरूले थाहा पाउनुपर्छ, आजको आयु अत्यन्तै थोरै हुन्छ भन्ने कुरा । काव्य–वाटिका हिजो हो, किन भने त्यहाँ संस्कृति अवतरित हुन्छ र काव्य–वाटिका भोलि पनि हो किन भने त्यसमा हाम्रा सन्ततिको जीवन छ, भीडबाट निस्केर एकछिन सुस्ताउने र चिन्तन गर्ने ठाउँ हो काव्य–वाटिका यो कुरा इटहरी उपमहानगरपालिकाले बुझ्नुपर्दछ । उसको चेतना खुल्नुपर्छ ।

jackson ribon