birat ribon

मङ्गलबार ९९ सङ्क्रमित कोरोनामुक्त

Neuro
मङ्गलबार ९९ सङ्क्रमित कोरोनामुक्त

विराटनगर / देशभर मङ्गलबार थप ९९ कोरोना भाइरस सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोनामुक्त भएका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ ।

cura insider

यस्तै आज एक सय पाँच सङ्क्रमित थपिएका छन् । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाद ७२ हजार नौ सय ४५ पुगेको छ ।

हाल एक हजार पाँच सय ८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५५ रहेको छ ।

jackson ribon