birat ribon

सुविधासम्पन्न बन्दै वीरेन्द्र सभागृह

Neuro
सुविधासम्पन्न बन्दै वीरेन्द्र सभागृह

मोहन ढकाल

विराटनगर / पञ्चायतकालमा नै निर्माण भएको विराटनगरको वीरेन्द्र सभागृह मर्मतको पर्खाइमा छ । लामो समयदेखि मर्मतको पर्खाइमा बसेको सभागृह जीर्णमाथि थप जीर्ण बन्दै गएको छ । पछिल्लो समय सभागृहको माथिल्लो भाग भत्किन थालेको छ । विभिन्न समयमा सभागृहको मर्मत हुने कुरा उठ्ने गरे पनि हुन सकेको थिएन । तर अब सभागृहको मर्मतका लागि कार्य अगाडि बढिसकेको छ ।

cura insider

विराटनगरमा विभिन्न कार्यक्रम गर्ने एकमात्र सभागृहको निर्माण प्रक्रिया अगाडि बढिसकेको महानगरका घरनक्सा शाखाप्रमुख अर्जुन थापाले बताए । सभागृह मर्मतका लागि लगभग २५ करोड लाग्ने थापाले बताए । मर्मतका लागि नगर विकास कोष, प्रदेश सरकार र सङ्घीय सरकारमार्फत् क्रमागत रुपमा बजेट जुटाइएको प्रमुख थापाको भनाइ छ । जसअन्तर्गत नगर विकास कोषमार्फत् १२ करोड, प्रदेश सरकारबाट दुई करोड छुट्याइएको उनको भनाइ छ । अन्य आवश्यक रकम महानगरबाटै उपलब्ध हुने उनको भनाइ छ ।

‘अब सभागृहको स्वरुप परिवर्तन नहुने गरी पुनर्निर्माण हुन्छ,’ थापाले भने, ‘सभागृह जीर्ण भइसकेका कारण सम्पूर्ण पुनर्निर्माण हुन्छ तर यसको स्वरुप परिवर्तन हुँदैन । अब मर्मत हुँदा पनि सभागृहको पुरानो स्वरुप परिवर्तन हुँदैन ।’

पुनःनिर्माण भएपछि सभागृहमा चार सय क्षमताको हुनेछ । सभागृहमा अब विशेष सुविधा थप हुने थापाको भनाइ छ । अब सभागृहमा मिडिया सेन्टर, थिएटर, भिआईपी कक्ष, मिटिङ हललगायतका सुविधा हुने थापाले बताए । महानगरले सभागृहको मर्मत कार्य १८ महिनाभित्रमा गरिसक्ने योजनाका साथ काम अगाडि बढेको थापाले बताए ।

टेन्डर प्रक्रियाका लागि सूचना जारी गरेको र प्रक्रिया पूरा भएपछि सभागृहको मर्मत कार्य चाँडै सुरु हुने थापाको भनाइ छ । फागुन १० गते फाइनान्सियल खुला भएपछि हप्ता दिनको आसयको सूचना पठाएर सम्झौतापत्र पठाएपछि काम सुरु हुने थापाले बताए । सम्झौतापछि तत्कालै काम सुरु हुने पनि उनले दाबी गरे ।

jackson ribon