birat ribon

बार्सिलोनासँगको लज्जास्पद हारको विषयमा बोले पोचेटिनो

Neuro
बार्सिलोनासँगको लज्जास्पद हारको विषयमा बोले पोचेटिनो

विराटनगर / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का मुख्य प्रशिक्षक माउरिसिनो पोचेटिनोले चार वर्षअगाडिको लज्जास्पद हारको विषयमा बोलेका छन् । बार्सिलोनाले २०१७ मा कमब्याक जित निकाल्दै पिएसजीलाई च्याम्पियन्स लिगबाट आउट गरिदिएको थियो ।

Padelux insider
cura insider

अन्तिम १६ को पहिलो लेगको खेलमा पिएसजीले ४–० गोलको जित निकालेको थियो । तर, दोस्रो लेगमा बार्सिलोनाले ६–१ गोलान्तरको जित र समग्रमा ६–४ को जित निकाल्दै पिएसजीलाई आउट गरिदिएको थियो ।

आज राति हुने खेलअघि सोही विषय चर्चामा छ । पिएसजीले आज बार्सिलोनासँग बदला लिने वा नलिने भन्दै यस विषयमा चर्चा भइरहेको छ । आज पिएसजीले बार्सिलोनासँग उसैको मैदानमा खेल्दैछ । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको यो खेल नेपाली समयानुसार राति १ः४५ बजे सुरु हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अन्तिम आठको बाटो सहज बनाउने दाउमा छन् । ‘यो पिएसजी एउटा फरक टिम हो’, पोचेटिनोले बार्सिलोनाविरुद्धको खेलअघि भने, ‘के भएको थियो, त्यो मेट्टाउन सकिँदैन तर हामी अर्को भविष्य बनाउन चाहन्छौँ । र, हामी सबै विगत मेट्टाउँदै राम्रो केही गर्न चाहन्छौँ ।’

‘यो एउटा विशेष खेल हुनेछ,’ पोचेटिनोले थपे, ‘जब म पिएसजीमा आवद्ध भएँ, त्यो मिति महत्त्वपूर्ण हुनेछ । पक्कै पनि पिएसजीको उद्देश्य च्याम्पियन्स लिगको उपाधि जित्नु हो ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: