birat ribon

विराटनगरको विद्युतमा मासिक नौ प्रतिशत चुहावट

Neuro
विराटनगरको विद्युतमा मासिक नौ प्रतिशत चुहावट

विराटनगर / विराटनगरमा विद्युत् उपभोग गर्ने घरधुरीको सङ्ख्या ७२ हजार पुगेको छ । गत वर्ष ६७ हजार घरधुरीमा विद्युत् सेवा पुगेको थियो । यो वर्ष ७२ हजार ९३ घरधुरीमा मिटर जडान भएका हो ।

वितरण केन्द्रका प्रशासकीय अधिकृत भरत केसीका अनुसार प्राधिकरणका ७२ हजार ग्राहकले मासिक सरदर २४ करोडको विद्युत् खपत गर्छन् ।

cura insider

प्राधिकरणका अनुसार विराटनगर क्षेत्रमा लगभग ९० प्रतिशत घरधुरीमा विद्युत् सेवा विस्तार भएको छ ।

विराटनगरमा विद्युतको खपत पनि बढ्दो छ । खपत बढ्दो भएका कारण ट्रान्सफर्मरको क्षमता थप्ने काम भइरहेको केसीले बताए ।

गतवर्ष एक सयवटा ट्रान्सफर्मरको क्षमता थपिएको र यो वर्ष ३० वटा थप गरिएको उनले बताए । विराटनगरमा विद्युत चुहावटको समस्या पनि छ । प्राधिकरणका अनुसार चुहावट करिब ९ दशमलव ६१ प्रतिशत छ ।

विराटनगर वितरण केन्द्रले बक्यौता रकम असुलीको अभियान पनि सञ्चालन गरिरहेको छ । कोरोनाका कारण लगभग १० महिना लाइन नकाटेको प्राधिकरणले बक्यौता नतिर्नेको पुस २६ देखि लाइन काट्न सुरु गरेको हो ।

विराटनगर वितरण केन्द्रले चारवटा सब-स्टेसनमार्फत विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ ।

jackson ribon