birat ribon

अमेरिकामा मृत्यु हुने सङ्क्रमित सङ्ख्या पाँच लाखनजिक

Neuro
अमेरिकामा मृत्यु हुने सङ्क्रमित सङ्ख्या पाँच लाखनजिक

विराटनगर / अमेरिकामा हालसम्म मृत्यु हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाखनजिक पुगेको छ ।

अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो । आफूलाई विश्वकै शक्तिसाली मुलुक दाबी गर्ने अमेरिकामा दैनिक भेटिने र ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या अन्य मुलुकको तुलनामा सबैभन्दा बढी छ । पछिल्लो २४ घण्टामा नौ सय १८ जना सङ्क्रमितको मृत्यु भयो ।

cura insider

हालसम्म ज्यान गुमाउने सङ्ख्या चार लाख ९८ हजार एक सय ६७ पुगेको छ । एकै दिन अमेरिकामा ४९ हजार तीन सय ३४ जना नयाँ सङ्क्रमित भेटिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८३ लाख १४ हजार दुई सय ५१ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८३ लाख ४३ हजार तीन सय दुई जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ९४ लाख ७२ हजार सात सय ८३ जना उपचाररत रहेकोमा १९ हजार तीन सय २१ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन ७२ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५५ हजार आठ सय ३६ पुगेको छ । नयाँ नौ हजार ३६ जना बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख २५ हजार दुई सय आठ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड छ लाख ३० हजार सात सय ७९ जना उपचारपछि निको भएका छन् । एक लाख ३८ हजार पाँच सय ९३ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोना प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन छ सय एक जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख ३९ हजार आठ सय ९५ पुगेको छ । नयाँ ३२ हजार एक सय ९७ सङ्क्रमित थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या ९८ लाख ६६ हजार सात सय १० पुगेको छ ।

८८ लाख पाँच हजार दुई सय ३९ जना उपचारपछि घर फर्किएका छन् । उपचाररत रहेका आठ लाख २१ हजार पाँच सय ७६ मध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा पछिल्लो २४ घण्टामा छ हजार तीन सय १६ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्ख्या २४ लाख १७ हजार नौ सय ४५ पुगेको छ । एकै दिन दुई लाख ५३ हजार छ सय ६३ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १० करोड ९६ लाख ५९ हजार छ सय ४० पुगेको छ ।

सङ्क्रमितमध्ये आठ करोड ४३ लाख ३० हजार नौ सय १८ जनाको उपचार सम्भव भएको छ । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड २९ लाख १० हजार सात सय ७७ जनाको उपचार भइरहेको छ । ति मध्ये ९८ हजार ७६ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटर्सले जनाएको छ ।

jackson ribon