birat ribon

आज थप एक सय २२ जनामा कोरोना सङ्क्रमण

Neuro
आज थप एक सय २२ जनामा कोरोना सङ्क्रमण

विराटनगर / देशभर सोमबार थप एक सय २२ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४१ जनमा परीक्षण गर्दा थप एक सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।

cura insider

यस्तै आज एक सय ४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार दुई सय चार पुगेको छ ।

हाल एक हजार पाँच सय ८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५५ रहेको छ ।

jackson ribon