birat ribon

वैशाख १७ र २७ गते नै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

Neuro
वैशाख १७ र २७ गते नै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टीभित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताए । उनले तोकिएकै समयमा चुनवा हुने पनि दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरूको प्रगति विवरण पेस गर्दै विकास निर्माण र मानव विकास सूचकाङ्कका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफूसँग भएको बताए ।

cura insider

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गरे । ताजा जनादेशका लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उनले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिबद्धता दोहोर्याए ।

यो अवधिमा ८९ नयाँ कानुन निर्माण भएको, संविधानसम्मत नभएका सयौँ कानुनहरू संशोधन भएको तथा केन्द्र र प्रदेशस्तरीय वित्तीय व्यवस्थापनका लागि आवश्यक कानुन, कार्यविधि निर्माण भएको जानकारी उनले दिए । उनले आफूले सरकारको नेतृत्व सम्हालेको पहिलो वर्ष मुलुकले सात प्रतिशत, दोस्रो वर्ष सातभन्दा माथिको आर्थिक वृद्धि हासिल गरेको तथा सातवटा प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको दाबी उनले गरे ।

उनले कोरोनाका कारण केही समय प्रभावित भए पनि मुलुक पनि उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको बताए । अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने संकेत देखिएको दाबी उनले गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका सरकारी भवनहरूको पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बताए । उनले निजी निवास, सरकारी निवास, सरकारी भवन, सुरक्षा निकायका भवन, स्वास्थ्य संस्थानका भवन, धार्मिक एवम् पुरातात्विक महत्त्वका भवन पुनर्निर्माणको क्षेत्रगत विवरण पनि प्रस्तुत गरे । हुलाकी राजमार्ग, रेल आयोजना, मध्यमार्ग, लोकमार्ग, ऊर्जा उत्पादन तथा वितरण, हाइड्रोपावर आयोजनालगायत क्षेत्रमा भएको विकास र विस्तारको विवरण पनि उनले प्रस्तुत गरे ।

प्रधानमन्त्री कृषिआधुनिकीकरण वार्षिक अनुदान १० अर्बभन्दा माथि पुर्याइएको, दूध, माछामासु, तरकारीलगायत उत्पादनको वृद्धि अनुपात पनि उनले प्रस्तुत गरे । प्रधानमन्त्री ओलीले वैदेशिक लगानी, उद्योगधन्दाको विस्तार, इन्टरनेट, टेलिफोन, विमानस्थल निर्माण तथा विस्तार शिक्षा स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान सशक्त ढङ्गले अघि बढेको र पद र पहुँचका आधारमा भ्रष्टाचारीले छुट नपाउने दोहोर्याए । ‘दुराचारी र दुराचार र भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने÷नगर्ने फैसला लिइन्न ।’

‘केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ । वैशाख १७ गते र वैशाख २७ गते निर्वाचन हुन्छ ।

jackson ribon