birat ribon

शरीर समर्पण पदावलीसामु महिला अस्मिताको प्रश्न

Neuro
शरीर समर्पण पदावलीसामु महिला अस्मिताको प्रश्न

बाँच्नुमात्र पर्छ, जगतमा अनेक देख्न, भोग्न र सुन्न पाइन्छ । कहिलेकाहीँ त कन्टिर–बाबू, अहिलेसम्म बाँचेर अनेक विचित्र कुराको साक्षी भएकोमा, आफैँलाई बधाई दिन्छन् ।

कन्टिर–बाबू बेला–बेला आफूले आफैँलाई बधाई दिन्छन् र सहजै स्वीकार्छन् पनि । तर यस्ता अमिल्दा अनेक कुरा स्वीकार्न सक्ने कन्टिर–बाबू व्यभिचार भने कुनै हालतमा स्वीकाकार गर्न सक्दैनन् । सामाजिक, शारीरिक, कानुनी वा जुनसुकै प्रकृतिको व्यभिचार किन नहोस् कन्टिर–बाबू हरेक व्यभिचारीविरुद्ध मोर्चा कस्छन् । व्यभिचारी चाहे बाबा हुन् चाहे बाबी ? तिनका नाम सिद्ध हुन्, असिद्ध हुन् कि गिद्ध हुन् ? कन्टिर–बाबूको बोलीको तीर व्यभिचारीविरुद्ध रुक्नेवाला छैन ।

cura insider

नेपालमा बलात्कारआरोपी एक जना बाबाजी खुब चर्चित छन् । ‘नानु, तिमी भन्छ्यौ भने मेरो फलानो अङ्ग काटेर तिम्रासामु राखिदिन्छु तर एकपल्ट मलाई माफी देऊ,’ भनेर ती बाबाले स्वीकार गरेको खबर पनि निकै चर्चित भएको थियो ।

न्यायाधीशहरूका अनुसार बलात्कार भनिए पनि बाबाले महिलालाई बलात्कार गरेका होइनन् … नाना चमत्कारबाट वशीभूत भएर एउटी भक्तिनीले गरेको ‘शरीर समर्पण’ बाबाले प्रसाद मानेर ग्रहण गरेका मात्र हुन् !

अदालतको फैसला र न्यायाधीशमा रहेको अनुरागसम्बन्धी विशिष्ट ज्ञानका बारेमा कन्टिर–बाबूको खासै टिप्पणी छैन तर उनलाई यो ‘शरीर समर्पण’वाला पदावली र त्यसमा निहित मनोविज्ञान भने बहुत डेन्जरस लागिरहेको छ ।

कन्टिर–बाबूलाई लागेको पहिलो कुरा धर्म, पैसा, हतियार वा अहित गरिदिने डरको प्रभावमा पारेर कसैले पनि यौन शोषण गर्न पाउँदैन । यसमा संलग्नहरू कानुनी रूपमा दण्डभागी हुन्छन् । यौन अपराधीलाई ससम्मान छुटकारा दिन वा सम्झौतामा मुद्दा टुङ्ग्याउन मिल्दैन ।

कन्टिर–बाबूलाई लागेको दोस्रो कुरा ‘शरीर समर्पण लेनदेन’वाला भद्दा मजाक गर्ने ती कथित बाबा सामाजिक र धार्मिक अपराधी हुन् । हिन्दू सनातनी समाजले यिनलाई माफी–मिनाहा दिएर, दूधले नुहाएर, सुनपानी–गङ्गाजल छर्केर फेरि पुरानै आसनमा विराजमान गराउनुहुँदैन ।

यदि कोही पिपाशुलाई सिद्ध मानेर हामीले प्रणाम ग¥यौँ, खुट्टा ढोग्यौँ भने के हुन्छ ? कन्टिर–बाबूको मनमा यतिबेला यस्तै प्रश्न उठिरहेको छ । यसले हाम्रा छोरी–चेलीको अस्मिताको अपमान हुन्छ, नुर गिराउँछ अनि आफ्नै चेलीबेटीको नजरमा सनातनी समाज थप घृणित हुन्छ भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

कन्टिर–बाबू नाकमा चस्मा मिलाउँदै सोचिरहेका छन्, धर्मको आडमा हुर्किएका भारतीय पिपासुहरू आशाराम, रामरहिम आदिको कर्तुत त सबैलाई थाहा छ । उनीहरू पनि आफूलाई सिद्ध नै भन्थे तर गिद्ध भएर निस्किए । सीमा पारिका हुन् या वारिका, उही ड्याङका मूलाहरू सनातनी समाजको भान्सामा ग्राह्य हुनै सक्दैनन् ।

कन्टिर–बाबूको मत छ, अदालतका मूर्तिहरू परम शक्तिको आडमा प्रभावित हुन पनि सक्छन् । तर धर्म र न्यायका पक्षपातीहरू गलत नजिरहरूबाट प्रभावित हुनुहुँदैन । धर्म, पैसा, राज्य–शक्ति र कानुनी छिद्रको आडमा कोही यौन अपराधी उम्किन नसकुन् । तब न सभ्य समाज, तब न कानुनी राज्य !

कन्टिर–बाबूलाई शरीर समर्पणको फैसला र मनोविज्ञान दुवै अस्वाभाविक र खतरनाक लागिरहेका छन् । शरीर समर्पण पदावली कतै बलात्कारको नयाँ परिभाषा र नाजायज नजिर नबनोस् । बाँकी सोच–विचार गर्ने जिम्मा हिन्दु सनातनी समाजकै ।

jackson ribon