birat ribon

चुनावमा जानु कसरी प्रतिगमन भयो ? : प्रधानमन्त्री ओली

Neuro
चुनावमा जानु कसरी प्रतिगमन भयो ? : प्रधानमन्त्री ओली

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जानु अथवा ताजा जनादेशमा जानु कसरी प्रतिगमन हुन्छ भनी प्रतिप्रश्न गरेका छन् ।

सरकारको तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनलाई संविधान विपरित, जनादेशको अवहेलना र प्रतिगमनजस्ता आपत्तिजनक आरोप लगाइएको बताउँदै भने, ‘मलाई उदेक लाग्छ, साथीहरु के वास्तवमै बहस गर्दै हुनुहुन्छ ? या लाल्छनामात्रै थोपर्न चाहिरहनुभएको छ ? वहाँहरु केलाई प्रतिगमन भन्दै हुनुहुुन्छ ? के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, त्यो समाप्त हुन्छ ?’

cura insider

‘कथंकदाचित संसद चल्न सकेन वा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कमसेकम फेरि डेढ दुई वर्षपछि चुनाव आउँछ नै,’ उनले भने, ‘त्यति बेला प्रतिगमन रोक्न सकिने त भएन ।’

jackson ribon