birat ribon

विश्वमा सक्रिय सङ्क्रमित अढाई करोडभन्दा बढी

Neuro
विश्वमा सक्रिय सङ्क्रमित अढाई करोडभन्दा बढी

विराटनगर / विश्वमा आज (सोमबार) बिहानसम्ममा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या अढाई करोडभन्दा बढी रहेको छ ।

सक्रिय सङ्क्रमित उपचाररत अवस्थामा छन् । उपचाररतमध्ये गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या एक लाखनजिक छ । विश्वमा हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये आठ करोडभन्दा बढीको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

cura insider

विश्वमा सङ्क्रमित सङ्ख्या ११ करोडनजिक पुगेको छ । ति मध्ये २४ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ७९ हजार चार सय १० जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १० करोड ९३ लाख ७० हजार चार सय तीन पुगेको हो । सङ्क्रमितमध्ये आठ करोड १५ लाख ९८ हजार एक सय चार जना उपचारपछि निको भएका छन् ।

दुई करोड ५३ लाख ६१ हजार छ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुको उपचार भइरहेको छ । उपचाररतमध्ये ९८ हजार छ सय ३३ जनाको अवस्था चिन्ताजनक छ । विश्वमा एकै दिन छ हजार पाँच सय एक जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २४ लाख १० हजार छ सय ५७ पुगेको वाल्डो मिटर्सले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९५ लाख ४५ हजार एक सय ६६ रहेको छ । सक्रियमध्ये १९ हजार चार सय ८० जनाको अवस्था गम्भीर छ । सङ्क्रमितमध्ये एक करोड ८२ लाख १८ हजार तीन सय १९ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ६० हजार छ सय १९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार चार सय ४६ जना नयाँ बिरामी थपिए । एक हजार ७१ जनाको एकै दिन मृत्यु भएपछि अमेरिकामा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या चार लाख ९७ हजार एक सय ३४ पुगेको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४१ हजार तीन सय २५ रहेको छ । सक्रियमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । एक करोड छ लाख १९ हजार ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतमा एकै दिन ११ हजार चार सय ३४ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख १६ हजार एक सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ सङ्क्रमितले ज्यान गुमाएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार सात सय ६४ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोना प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ लाख ४९ हजार सात सय ९५ पुगेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । सङ्क्रमितमध्ये ८७ लाख ४५ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २३ हजार दुई सय ५४ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ९८ लाख ३४ हजार पाँच सय १३ पुगेको छ । एकै दिन छ सय ४७ जनाको ज्यान गएसँगै हालसम्म ब्राजिलमा मृत्यु हुने सङ्क्रमित दुई लाख ३९ हजार दुई सय ९४ पुगेका छन् ।

jackson ribon