birat ribon

स्थायी फ्लडलाइटमा विराट गोल्डकप

Neuro
स्थायी फ्लडलाइटमा विराट गोल्डकप

विराटनगर / विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु भएको छ । चैत २५ देखि प्रतियोगिता सञ्चालनको तयारी सुरु भएको हो । ४ वैशाखसम्म चल्ने प्रतियोगिता दिवा तथा रात्रिकालीन रूपमा सञ्चालन गरिनेछ ।

२०७४ चैतमा दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगितापछि विराट गोल्डकप २०७५ र ०७६ सालमा आयोजना हुन सकेन । दुई वर्षवघि अस्थायी फ्लडलाइटको मद्धतबाट रात्रिकालीन प्रतियोगिता भएको थियो । यो पटक भने स्थायी फल्डलाइट जडानपछि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

cura insider

कोरोना संक्रमण मत्थर हुँदै गएपछि प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको पहलमा विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । डे–नाइट खेल सञ्चालन गर्न विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइट जडान कार्य लगभग पूरा भएको छ ।

ट्रष्टका पदाधिकारीले गोल्डकप आयोजनाबारे प्रदेश १ का सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल गरेका थिए ।

लफलमा मन्त्री कार्की र महानगर प्रमुख पराजुलीले आयोजकलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएपछि ट्रष्टका पदाधिकारीले प्रतियोगिता आयोजना गर्न तयार भएका हुन् । पहिलो पटक निजी क्षेत्रबाट विराटनगरका उद्योगी एवं व्यवसायी राजेन्द्र राउतले गोल्डकप आयोजनाको जिम्मा पाएका थिए ।

त्यसपछि उद्योगी नवीन रिजालले डे–नाइट खेल सञ्चालन गरे । रिजालले दोस्रो पटकबाट त्यसलाई निरन्तरता दिन सकेनन् । ट्रष्टको शनिबार सम्पन्न भएको बैठकले गोल्डकप आयोजना गर्ने जिम्मा फेरि निजी क्षेत्रलाई दिएको छ । प्रतियोगिता आयोजक समिति संयोजकमा युवा उद्यमी मनोजविक्रम शाहलाई तोकिएको छ । उनी ट्रष्टका कार्यसमिति सदस्य पनि हुन् ।

निजी क्षेत्र र ट्रष्टको समन्वयमा प्रतियोगिता गर्ने उनले बताए । प्रतियोगिताका बारेमा छलफल गर्न शाहले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीसँग काठमाडौंमा अनौपचारिक भेटघाट गरेका छन् । एन्फाकै क्यालेन्डरअनुसार प्रतियोगिता गर्न लागिएको उनले बताए ।

विराट गोल्डकप विराटनगरको इज्जत, प्रतिष्ठा र इतिहाससँग जोडिएको छ । कुनै बेला मोफसलकै सर्वाधिक पुरस्कार राशीको चर्चित फुटबल प्रतियोगिताका रूपमा यसलाई लिइन्थ्यो । २०१८ सालदेखि महेन्द्र गोल्डकपको रूपमा यसको सुरुआत भएको हो । प्रतियोगिता २०५७ सालदेखि बन्द भएको थियो । महेन्द्रबाट नाम परिवर्तन गर्दै विराट गोल्डकप बनाएर २०६८ सालदेखि सञ्चालन गर्न सुरु गरिएको थियो ।

jackson ribon