birat ribon

मुख्यमन्त्रीलाई प्रतिपक्षको आग्रह : नैतिकता देखाऊ, संसद् नछल

Neuro
मुख्यमन्त्रीलाई प्रतिपक्षको आग्रह : नैतिकता देखाऊ, संसद् नछल

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नैतिकता देखाउन प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् । मुख्यमन्त्री राईमाथि संसद् छलेर सरकारको आयु लम्ब्याउन लागिपरेको आरोप छ ।
सोमबार प्रदेश सरकार गठनको तेस्रो वर्षिक उत्सव मनाउने तयारी गर्दैगर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरूले नैतिकता देखाउन आग्रह गरेका हुन् ।

प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको दुईवटा बैठक छलेको ओली समूहले फागुन ९ गतेका लागि बोलाइएको तेस्रो बैठक पनि अवरोध गर्ने तयारीमा छ ।

cura insider

सरकारले आह्वान गरेको छलफल सरकारले अवरोध गर्न नमिल्ने बताउँदै प्रतिपक्षी दलका नेताहरूले संसद् फेस नगर्ने भए राजीनामा दिनुपर्ने बताए ।

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बो मुख्यमन्त्री शेरधन राईले नैतिकता नदेखाए पनि संसद् छल्ल नमिल्ने बताउँछन् । अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रस्तावको सामना गर्नुपर्ने उनको भनाइ छ । अविश्वासको सामना नगर्ने भए राजीनामा दिनुपर्ने उनले बताए । ‘हामीले अस्ति नै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘राजीनामा नदिने हुँदा संसद्को सामना गर्नुपर्छ ।’

नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीले संसद् फेस नगर्ने भए राजीनामा दिनुपर्ने बताए । राजीनामा दिएर पनि सरकार बनाउन सक्ने भएकाले अविश्वासको प्रस्ताव फेस नगर्ने भए राजीनामा दिनुपर्ने बताए ।

प्रतिपक्षी दल जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव सरकारले नै बैठक छल्दै हिँड्न नसुहाउने बताउँछन् । उनले नैतिकता देखाउनुपर्ने अवस्थामा मुख्यमन्त्री राईले संसद् छल्ने र सरकारको आयु लम्ब्याउनेतर्फ लागेको बताए ।

‘संसद्लाई बन्धक बनाउनु हुँदैन्,’ उनले भने, ‘अविश्वासको प्रस्ताव दर्ता भएपछि फेस गर्नुपर्छ, नगर्ने भए नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

तेस्रो बैठकमा अविश्वासको प्रस्ताव पेस गर्ने तयारी

प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको दुईवटा बैठक अवरुद्ध हुँदा ३२ दिनको समय खर्च भएको छ । ७ माघमा बसेको पहिलो बैठक प्रदेश प्रमुखको पत्र वाचन गरेर स्थगित भयो । २५ गतेको दोस्रो बैठक सत्ता पक्षले अवरुद्ध गर्दा अविश्वासको प्रस्तावको कार्यसूचि भए पनि बैठकमा प्रवेश पाएन् । सभामुखले ९ फागुनमा तेस्रो बैठक बोलाएका छन् ।

तेस्रो बैठकमा अविश्वासको प्रस्ताव टेबल गरेर छलफल अघि बढाउने प्रतिपक्षी दलको तयारी छ । संसद् सचिवालय पनि अविश्वासको प्रस्ताव टेबल गर्ने र छलफल अघि बढाउने तयारीमा छ ।
तर सत्तापक्षको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी ९ गतेको बैठक पनि अवरुद्ध गर्ने बताउँछन् ।

सत्ता पक्षको अवरोध भए पनि बैठक सुचारु गर्नुपर्ने नेकपा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्य आङ्बो बताउँछन् । नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्की सरकारले आह्वान गरेको बैठक आफैँले अवरुद्ध गर्छ भन्ने कल्पना पनि नगरेको बताउँछन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव संसद्लाई अनिर्णयको बन्दी बनाउन नहुने पक्षमा छन् । सरकारले अवरोध गरे पनि बैठक सञ्चालन गर्नुपर्ने पक्षमा प्रतिपक्षी दलहरू छन् ।

jackson ribon