birat ribon

आज थप एक सय चार सङ्क्रमित थपिए

Neuro
आज थप एक सय चार सङ्क्रमित थपिए

विराटनगर / देशभर आइतबार थप एक सय चार कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय चार जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको छ ।

cura insider

यस्तै आज एक सय ३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६० पुगेको छ ।

हाल एक हजार छ सय चार जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५४ रहेको छ ।

jackson ribon