birat ribon

ढुङ्गाको जन्ती, ढुङ्गाका गुन्टा, ढुङ्गाकै दमाहा

Neuro
ढुङ्गाको जन्ती, ढुङ्गाका गुन्टा, ढुङ्गाकै दमाहा

भाउजू, छना, केदार–दाइ, म र भतिज गरी पाँच जना असोज १२ गते बिहानै कोरोबारी जाने सल्लाह भयो । गाउँका दाजु–भाइसँग बिदाबारी भई बाटो लाग्यौँ ।

अहिलेसम्म सङ्कलन गरिएका हर्पेटोफाउनाका आवश्यकीय नमुनाहरू साथैमा राखेँ । फर्किँदा पनि बाटामा नौलो नमुना भेटे अध्ययन–अवलोकन गर्ने तयारी छँदै थियो ।

cura insider
कुइभीर भन्ज्याङको नाके चुच्चो (तस्बिर : देवान राई)

कुइभीरमुनिको बाटो हुँदै चिसापानी जाँदा बाटोमाथिको चप्लेटी ढुङ्गामा थानीय राई भाषामा लुङचुरी भनिने साधारण भालेमुङ्ग्रो, फेला पर्‍यो, जसलाई अङ्ग्रेजीमा कमन स्किङ्क र वैज्ञानिक नाम युट्रोपिस क्यारिनेटा भनिन्छ । बाटोमुनिको पोथ्रे पत्करमा राई बान्तवा भाषामा पुछ भनिने खुम्ले जुके सर्प भेटियो । अङ्ग्रेजीमा कमन हिल वर्म स्नेक तथा वैज्ञानिक नाम ट्राकिस्कियम फुस्कम रहेको सो जुके सर्पको नमुनाको स्थलगत तथ्याङ्क सङ्कलन गरेँ ।

यसरी कुइभीरको चिनोस्वरूप दुई नमुनाहरूको तथ्याङ्क लिएर छेमावा, उदुङ्खा हुँदै चिसापानी बजार पुग्यौँ । त्यहाँ भतिजी पार्वतीलाई भेट्यौँ । एकछिन बजार वरपर घुमघाम गर्‍यौँ ।
त्यसपछि भतिजीलाई बराहापोखरीसम्म बाटो देखाउन टोलीसँगै हिँड्न भन्यौँ । उसलाई फर्किँदा एक जना साथी पनि चाहिने हुँदा घरबेटीकै एउटी छोरीलाई हामीसँगै साथमा हिँड्ने वातावरण बनायौँ । अब हाम्रो यात्रा दल सात जनाको भयो । बाटो चिसापानी घाँटीबाट पश्चिम–उत्तर पर्ने डाँडा भएर जान्छ ।

गोल्मे राजा–रानीको कथासँग गाँसिएको जन्ते ढुङ्गा

केही घण्टाको हिँडाइपछि त्यस क्षेत्रको पौराणिक स्थान जन्तेढुङ्गा पुग्यौँ । जन्तेढुङ्गाको लोककथा गोल्मे राजा–रानीको कथासँग गाँसिएको छ । यसबारे कन्टुजे, होमतोक गाउँको वर्णन गर्दा चर्चा भइसकेको छ । एउटा खुला चउरमा घरभन्दा ठुलो ढुङ्गा छ । यसमाथि अर्काे ढुङ्गा खापिएको छ । दुईवटा विशाल ढुङ्गाबीचमा सेतो ठाडो धर्सा भएका ढुङ्गा लहरै पङ्क्तिबद्ध छन् । त्यसलाई परबाट हेर्दा ठड्याएर राखिएका इँटाहरूको लामो लस्करजस्तो देखिन्छ । यसैलाई जन्ती भनिन्छ ।

अलिक पर त्यस्तै तर थोरै खापिएको सानो ढुङ्गा छ, जसलाई गुन्टेढुङ्गा भनिन्छ । यो जन्तीहरूको गुन्टा हो भन्ने मान्यता छ । अलिक मास्तिर अर्को त्यस्तै ढुङ्गा खप्टिएको छ । योचाहिँ माथि खप्टिएको ढुङ्गा अलिक हल्का र एकापट्टि उठेको भएको हुँदा त्यतापट्टि टेक्दा ढिकीझैँं उत्तोलित भई फेरि बज्रिने बेला एक प्रकारको बाजाको आवाज आउँछ । यसलाई दमाहा ढुङ्गा भनिन्छ ।

परापूर्व कालदेखि नै जन्तेढुङ्गा प्रख्यात छ । एक हजार ६ सय मिटरको उचाइमा रहेको यो स्थान पर्यटकीय दृष्टिसहित विकास गर्ने हो भने मध्यपहाडी भूधरातलको दृश्यावलोकन गर्ने अनुपम–स्थल बन्न सक्छ ।

यस प्रकार यहाँ भएका यी ढुङ्गाहरूका आकृति हेरेर परिकल्पना गर्दै ढुङ्गा–समूहलाई विशिष्ट नाम राखिएको अनुमान हुन्छ । परापूर्व कालदेखि नै यो ठाउँ जन्तेढुङ्गा नामले प्रख्यात छ । एक हजार ६ सय मिटरको उचाइमा रहेको यो स्थान पर्यटकीय दृष्टिसहित विकास गर्ने हो भने मध्यपहाडी भूधरातलको दृश्यावलोकन गर्ने अनुपम–स्थल बन्न सक्छ ।

पहाडी जुके सर्प (ट्राकिस्कियम फुस्कम)

हाल यही पौराणिक स्थानलाई ध्यानमा राखेर साबिकका डमर्खु शिवालय, बेगुवा, खाप्तिङ, चिसापानी, दिप्लुङ आदि समेटेर जन्तेढुङ्गा गाउँपालिका बनाइएको छ ।

हामी फेरि अघि बढ्यौँ । बाटो अलि–अलि उकालो हुँदै दिप्लुङ डाँडाको फेदी एक हजार नौ सय मिटर पुग्यो । त्यहाँबाट उत्तर पाटाको जङ्गल हुँदै अघि बढ्दा भानमती खोलाको शिर पुगियो । भानमती नदीलाई हिन्दू धार्मिक दृष्टिले काठमाडौँको वाग्मती नदीकै बहिनी मानिन्छ । यो सावाखोलामा मिसिन्छ । त्यो मिसिएको दोभानलाई भानमती–घाट भनिन्छ । यस क्षेत्रका आर्य जातिको दाह–संस्कार गर्ने घाट त्यही हो ।

साधारण भालेमुङ्ग्रो (युट्रोपिस क्यारिनेटा)

हामी त्यहाँबाट जङ्गलको बाटो हुँदै अघि बढ्दै दिप्लुङडाँडाको उत्तरी घाटी देउराली पुग्यौँ । त्यो पनि मजाकै रमिते भन्ज्याङ रहेछ । त्यहाँबाट एकातिर सावाखोलाको सम्पूर्ण बेँसी, बराहापोखरी र रौताहापोखरीको डाँडो चित्रझैँ देखिन्छ । त्यहाँ बाँदर र भालुको अत्यन्तै प्रकोप रहेछ भने फट्याङ्ग्रा समूहमा पर्ने एक प्रकारको रातोपाटे पानीकिराको पनि प्रकोप रहेछ ।

बाटोमा यिनै कुरा अध्ययन गरी हामी सीधै ठाडो ओरालो बराहापोखरी उपत्यकातर्फ लाग्यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon