birat ribon

शाखा प्रबन्धकलाई अभिमुखीकरण

Neuro
शाखा प्रबन्धकलाई अभिमुखीकरण

विराटनगर / सिरहाको लहानमा अवस्थित स्वस्तिक लघुवित्त बित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुका लागि एक दिने अभिमुखिकरण तालिम गरेको छ ।

हालै सम्पन्न तालिममा उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्यनारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानका लागि सदैव कार्य गर्न उत्प्रेरित गरेका थिए ।

cura insider

शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिवृद्धि सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनाल, लेखा व्यवस्थापन, सूचना प्रविधिका बारेमा लेखा तथा आईटी विभाग प्रमुख तोयानाथ पोखरेल र मानव संशासन, कार्य सञ्चालनका बारेमा मानव संशाधन विभाग प्रमुख धीरेन्द्रलाल कर्णले सहजीकरण गरेका थिए ।

jackson ribon