birat ribon

प्रधानन्यायाधीशको प्रश्न : यो सरकार नेकपाको कि केपी ओलीको ?

Neuro
प्रधानन्यायाधीशको प्रश्न : यो सरकार नेकपाको कि केपी ओलीको ?

काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार नेकपाको कि केपी शर्मा ओलीको भन्दै प्रश्न गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा आइतबारदेखि सुरु भएको जवाफी बहसका क्रममा राणाले सरकार नेकपाको कि केपी शर्मा ओलीको भन्दै प्रश्न गरेका हुन् ।

पोखरेलले आज पनि बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नेपालको संविधानले नदिएको जिकिर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न गरे, ‘अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?

cura insider

रिटकर्ताको तर्फबाट जवाफ दिएका अधिवक्ता दिनमणि पोखरेलले सरकार नेकपाको भएको उत्तर फर्काएका थिए ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट परेका थिए । रिटकर्ताको पक्ष, प्रधानमन्त्री र सभामुखका वकिलहरूको बहस सकिएपछि आजबाट रिटकर्ताको पक्षका वकिलले जवाफ दिन सुरु गरेका हुन् ।

jackson ribon