birat ribon

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

Neuro
दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौँ / प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार सो समूहले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलन गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

उक्त समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेलवरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।

cura insider

यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तर्क्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रमको घोषणा गरेको छ ।

यसैगरी फागुन १० गते काठमाडौँ उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रमको आयोजना गरिने छ।

त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा विरोधसभाको आयोजना गर्ने छ । त्यस्तै जनकपुर नेपालगञ्जमा पनि विरोधसभा गर्ने जनाएको छ ।

jackson ribon