birat ribon

डेटमा जाँदा बिल कसले तिर्ने ?

Neuro
डेटमा जाँदा बिल कसले तिर्ने ?

विराटनगर / आज प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । आजको दिन अधिकांश प्रेममा रहेका जोडी एक–अर्कासँग समय बिताउन डेटिङ जाने गर्छन् । प्रेम दिवसको दिन मात्र नभएर अन्य सामान्य दिन गरिने प्रेमी–प्रेमिकाको भेटघाटलाई पनि डेटिङ भनिन्छ । डेटिङ भेट्दा बसेको, खाएको तथा अन्य खर्चको बिल प्रायः पुरुषले नै तिर्ने गरेको पाइन्छ ।

पुरुषले नै डेटका लागि अफर गरेको हँुदा वा कतिपय अन्य अवस्थामा डेटिङमा खर्च भएको बिल पुरुषले नै तिर्नुपर्ने मान्यता छ । महिलाको तुलनामा रोजगारमा बढी पुरुष भएकाले वा प्रेमिकासँग पैसा नहुने कारण पुरुषहरूले नै बिल तिर्ने गर्छन् । कतिपय प्रेमिका डेटमा गएको बेला प्रायः आफ्ना प्रेमीलाई खर्च गराउन लगाउँछन् ।

cura insider

साथै, सपिङ र आफ्नो मनपरेको सामानसमेत उपहारस्वरूप किन्न लगाउँछन् । तर, यसो गर्दा पुरुषलाई आर्थिक भार पर्नुका साथै आफ्नो प्रेमिकाप्रतिको भावना पनि नकारात्मक बनेर जान सक्ने हुन्छ । पुरुषले मात्र पैसा तिर्नुपर्ने हुँदा मायाभन्दा पनि केटीहरू सित्तैमा खान आएको सोचले मानिसहरू प्रेम गर्नसमेत डराउँछन् ।

पुरुषले यस्तो प्रकारको खर्च गरेपछि त्यसबाटै आफ्नो स्वार्थ पूरा गर्न प्रेमिकालाई विभिन्नखालको दबाबसमेत दिने गरेको पाइन्छ । अहिले समाजमा महिला र पुरुष बराबर छन् भन्ने सोचको विकास भइरहेको छ । डेटिङमा सकेसम्म दुवैजनाले बिल तिर्नु उपयुक्त हुन्छ । आएको खर्चलाई आधा–आधा गरेर पनि तिर्न सकिन्छ ।

तर, डेट जाँदा गरेको हरेक खर्चलाई पटक–पटक आधा–आधा गरेर तिर्नुभन्दा पनि कुनै एक शीर्षकको बिल प्रेमीले र त्यस्तै अर्को शीर्षकको बिल प्रेमिकाले तिर्नु राम्रो मानिन्छ । यस्तो गर्दा कोही एकजनाको मात्र खर्च हँुदैन । र, पैसा तिरेको भरमा प्रेमी वा प्रेमिकाले आफ्नो कुनै स्वार्थपूर्ति गर्न पाउँदैन ।

त्यसैले डेटमा रहेको बेला प्रेमीको चाहना बाहिर गएर कुनै वस्तु खरिदका लागि दबाब दिनु र हरेकपल्ट पुरुषलाई मात्र खर्च गराउनु पनि राम्रो हुँदैन । तर, पैसा तिर्नैपर्छ भन्दैमा जागिर नभएको वा पैसा नभएको अवस्थामा बिल तिर्नुपर्छ भन्ने हुँदैन । जोसँग (प्रेमी वा प्रेमिका) पैसा छ उसैले बिल तिर्दा हुन्छ । यसो गर्दा एक–अर्काप्रति माया र सम्मान पनि बराबर हुन्छ ।

jackson ribon