birat ribon

प्रेम दिवस विशेष : मायामा पर्दा स्वास्थ्यमा फाइदै फाइदा

Neuro
प्रेम दिवस विशेष : मायामा पर्दा स्वास्थ्यमा फाइदै फाइदा

विराटनगर / आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे ।

नेपालमा पनि विशेषगरी युवापुस्तामाझ भ्यालेन्टाइन्स डे प्रणय दिवस वा प्रेम दिवसका रुपमा लोकप्रिय हुँदै गइरहेको छ । आजको दिन प्रेम सम्बन्धमा रहेका तथा रहन चाहने नयाँ जोडीका लागि विशेष दिन मानिन्छ । आजको दिन आफूले माया गर्ने मान्छेलाई रातो गुलाफको फूल वा विभिन्न उपहार दिएर प्रेमको प्रस्ताव राख्ने वा प्रेम देखाउने गरिन्छ । माया, प्रेमको भावना आफैँमा एउटा अनौठो अनुभूति हो ।

cura insider

मायामा पर्दा मात्र पनि मानिस खुसी हुने गर्छ । यसले सम्बन्ध जोड्नेमात्र नभएर मानिसको स्वास्थ्यमा समेत फाइदा पुर्‍याउँछ । अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टमा उल्लेख गरिएअनुसार मायामा परेका जोडी तथा राम्रो वैवाहिक सम्बन्ध भएका जोडी अन्यको तुलनामा बढी स्वस्थ हुन्छन् । जसकारण उनीहरू डाक्टरकोमा जान कम हुने, घाउ चोट वा रोग छिटो निको हुने र अस्पतालमा बस्नुपर्ने समय पनि कम हुन्छ ।

अनुसन्धानका अनुसार मायामा परेको जोडी एकअर्काको हेरचाह गर्ने, स्वस्थ रहन उत्प्रेरणा प्रदान गर्छन् । जसकारण उनीहरूलाई स्वास्थ्य, राम्रो र फिट रहनका लागि चासो देखाउने, स्वास्थ्य खानेकुरा खाने, उचित व्यायाम गर्ने पाइएको छ । प्रेममा रहेका तथा विवाह गरेर खुसी सम्बन्धमा रहेका पुरुष र महिला दुबैमा एन्जाइटी र डिप्रेसन कम हुने हुन्छ ।

मानिस प्रेममा रहँदा इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निस्कासित गरेर दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घटाउने हुँदा तनाव तथा डिप्रेसन कम हुन्छ । विशेषगरी प्रेममा परेका युवा वयस्कहरू अत्यधिक रक्सी पिउने र लागूपदार्थको दुव्र्यसन नगर्ने पाइएको छ । असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने हुन्छ ।

एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित अध्ययनअनुसार अविवाहित वा एकल व्यक्तिको तुलनामा विवाह वा राम्रो सम्बन्ध भएको जोडीको रक्तचाप नियन्त्रित रहने उल्लेख छ । मायाले पेन किलरको जस्तो पनि काम गर्छ । मायामा रहेका व्यक्तिमा टाउको दुखाइ र जिउ दुख्ने गुनासो कम हुने पाइएको छ । मायाले एकअर्कालाई सुरक्षा प्रदान गरी दुःख तथा सुःख आदानप्रदान गर्ने अवसर दिन्छ ।

जसले समस्या आउँदा छलफलबाट समाधानको उपाय छिट्टै भेट्छ । सममयमा समस्या समाधान हुने हुदा तनावमुक्त रहने कारण विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ । मायामा रहनाले प्रतिरक्षा प्रणालीलाई बढावा दिन्छ जसले मानिसलाई पटक–पटक रोग लाग्नबाट जोगाउन सक्छ । मायामा परेमा महिलाहरूमा महिनावारीको समस्यासमेत हटेर जन्छ ।

jackson ribon