birat ribon

नेपालमा आजदेखि जनप्रतिनिधि र कर्मचारीलगायतलाई खोप

Neuro
नेपालमा आजदेखि जनप्रतिनिधि र कर्मचारीलगायतलाई खोप

विराटनगर / नेपालमा आज (आइतबार) देखि स्थानीय तहका जनप्रतिनिधि र सबै सरकारी कर्मचारी लगायतलाई कोरोनाविरुद्धको खोप दिन थालिने भएको छ ।

खोप दिइनेमा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सरकारी संस्थानका कर्मचारी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारी छन् । आजदेखि खोप दिन लागिएकाहरु पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु हुन् ।

cura insider

त्योबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने छ । काठमाडौंमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने छ ।

यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार चार सय ७९ जनाले खोप लगाएका छन् । यसबाहेक काठमाण्डौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ । यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो । त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

पहिलो चरणको दोस्रो अभियानअन्तर्गत कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्न लागेको सरकारले सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको छ । दोस्रो अभियान अन्तर्गत आजदेखि फागुन ८ गतेसम्म देशका ७७ वटै जिल्लामा खोप अभियान चलाइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको उनको भनाइ छ । यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

पोखरेलका अनुसार खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या देखिएको छैन । तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको उनको भनाइ छ ।

jackson ribon