birat ribon

आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे

Neuro
आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे

विराटनगर / आज (आइतबार) प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे हो । यस दिनलाई प्रणय दिवस पनि भनिन्छ । यो दिवस विश्वभर प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन मनाउने गरिन्छ ।

नेपालमा पनि प्रेम दिवसलाई विशेष चाडकै रुपमा मनाउने गरिएको धेरै भएको छैन । केही वर्षयता युवा युवतीले विशेष चाडकै रूपमा यसलाई मनाउन थालेका हुन् । एकअर्का प्रति माया र सद्भाव देखाउनु पर्नेमा विकृत मानसिकताका कारण गलत ढंगले व्याख्या गर्दै पर्वको दुरुपयोग पनि हुन थालेको पाइएको छ ।

cura insider

यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिँदै गइरहेको छ। यो दिन प्रेमीप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । तर प्रेम प्रस्ताव राख्न यही पर्वको सहारा लिनुपर्छ भन्ने नभएको जानकारहरु बताउँछन् ।

विल यू बी माई भ्यालेन्टाइन आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भन्नेहरु धेरै छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ आर्थत ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ भन्ने मान्यता छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न यस दिनलाई काफी मानिन्छ।

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने चलन युवायुवतीमा बढ्दै गएको छ । टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।

यो समयमा पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने गरेको छ । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका रूपमा मनाउन थालिएको हो। यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइ डेको पछिल्ला वर्षहरुमा जस्तो कुनै पनि उत्साह नभएको बताइएको छ ।

यस दिन प्रेमी प्रेमिका नयाँनयाँ ठाउँमा घुम्न जाने, टाढाको भ्रमणमा निस्कने, एकअर्कामा माया साटासाट गर्ने, एकअर्काप्रति समर्पित हुने गर्छन् । विभिन्न ठाउँमा प्रेम दिवसका दिन घुम्न जानेहरुको घुइँचो लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना महामारीका कारण त्यो सम्भव नभएको बताइएको छ । सबैलाई कोरोनाबाट बच्न सावधानी अपनाउँदै पर्वहरुलाई उल्लसमय बनाउन सरकारले बारम्बार आग्रह गरिरहेको छ ।

jackson ribon