birat ribon

विश्वमा मृत्यु हुने सङ्क्रमित सङ्ख्या २४ लाख नाघ्यो

Neuro
विश्वमा मृत्यु हुने सङ्क्रमित सङ्ख्या २४ लाख नाघ्यो

विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या आज (आइतबार) बिहानसम्ममा २४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टाभित्र नौ हजार छ सय ५३ सङ्क्रमितको ज्यान जाँदा जम्मा मृत्यु हुनेको सङ्ख्या २४ लाख तीन हजार छ सय २४ पुगेको हो । एकै दिन तीन लाख ५९ हजार पाँच सय १३ जना नयाँ बिरामी थपिए । नयाँ थपिएकासहित विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड ९० लाख ७७ हजार ९७ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये आठ करोड १२ लाख १८ हजार पाँच सय ६४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । दुई करोड ५४ लाख ५४ हजार नौ सय नौ जनाको अहिले पनि उपचार जारी छ । उपचाररतमध्ये ९८ लाख ९९ हजार दुई जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन एक हजार नौ सय ७३ जनाको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या चार लाख ९५ हजार सात सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७८ हजार दुई सय ६३ जना नयाँ बिरामी थपिए ।

हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८१ लाख ८८ हजार नौ सय ५२ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ८१ लाख ४२ हजार दुई सय ६७ जना उपचारपछि निको भएका छन् । ९५ लाख ५० हजार नौ सय २१ जनाको उपचार जारी रहेकोमा १९ हजार आठ सय ५९ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ८५ जना सङ्क्रमितको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५५ हजार छ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार एक सय ८८ नयाँ बिरामी थपिए । हालसम्म भारतमा एक करोड नौ लाख चार हजार सात सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक करोड छ लाख नौ हजार सात सय ८८ जना उपचारपछि निको भएका छन् । एक लाख ३९ हजार दुई सय ७७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । छिमेकी मुलुक भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन नौ सय ३१ सङ्क्रमितको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४ हजार ६० जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ९८ लाख नौ हजार सात सय ५४ पुगेको छ ।

सङ्क्रमितमध्ये ८६ लाख ७८ हजार तीन सय २७ जना उपचारपछि निको भएका छन् । आठ लाख ९२ हजार आठ सय ९५ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon