birat ribon

सिद्धबाबा प्रकरणमा दुई महिनापछि फैसलाको पूर्णपाठ : ‘सहमति करणी जबर्जस्ती ठहर्दैन’

Neuro
सिद्धबाबा प्रकरणमा दुई महिनापछि फैसलाको पूर्णपाठ : ‘सहमति करणी जबर्जस्ती ठहर्दैन’

विराटनगर / विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले बलात्कृत भनिएकी महिलासँग सहमतिमा सम्पर्क राखेको जिल्ला अदालत सुनसरीले ठहर गरेको छ ।

आफूलाई स्त्री र अग्निबाट टाढा रहने त्रिदण्ड धारण गरेको ब्रह्मचारी बताउँदै आएका गिरीमाथि जबर्जस्ती करणीको मुद्दा परेको थियो । गत मंसिरमा २२ गते जिल्ला अदालत सुनसरीले सहमतिमा भएको करणीलाई जबर्जस्ती मान्न नसकिने ठहर गरेको हो ।

cura insider

सामान्यतया एक महिनामा फैसलाको पूर्णपाठ आउँछ । तर दुई महिनापछि आएको पूर्णपाठमा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

जिल्ला न्यायाधीश अर्जुन कोइरालाको इजलासले महिलाले पठाएको म्यासेज र घटनापछिको अडियो संवादका आधारमा सहमतिमा करणी भएको ठहर गरेको हो ।
२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो ।

सिद्धबाबामाथि लागेको जबर्जस्ती करणी मुद्दाको ७५ पेज लामो फैसलाको पूर्णपाठमा भनिएको छ, ‘माथि विवेचना गरिएका आधार एवम् कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबर्जस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा रहेकी छन् भन्ने कुरा निजले प्रतिवादीलाई पठाएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयमले नै आफूले प्रयोग गर्ने मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिबाट भएको करणीलाई जबर्जस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोगदाबी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’

पीडित महिलाले पनि न्यायालयबाट नै आफूलाई अन्याय भएको बताइन् । सहमतिमा सम्पर्क भएको भए आफू गुपचुप रहने बताउँदै उनले न्यायालयबाट आफूमाथि अन्याय भएको बताएकी हुन् ।

jackson ribon